मुख्य समाचार
काठमान्डु गुर्खाजले इंग्लिस क्रिकेटर ड्यान डौथवेटलाई अनुबन्ध
काठमान्डु गुर्खाजले इंग्लिस क्रिकेटर ड्यान डौथवेटलाई अनुबन्ध

— काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि इंग्लिस क्रिकेटर ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ । इंग्लिस क्रिकेटका अनुभवी डौथवेटले मंसिर १५ देखि हुने एनपीएलमा काठमान्डु गोर्खाजको प्रतिनिधित्व गर्ने भएका छन् ।



२७ वर्षे मिडियम पेस अलराउन्डर डौथवेटले कार्डिफ मेरिलेबोन क्रिकेट क्लबबाट सन् २०१९ मा प्रथम श्रेणीमा ‘डेब्यू’ गरेका थिए । पछिल्लो समय उनले इंग्लिस काउन्टीमा ग्लामोर्गनबाट खेल्दै आएका छन् । डौथवेटले भाइटालिटी ब्लास्टमा ग्लामोर्गनबाट ५९ खेलमा १ सय ३७ माथिको स्ट्राइक रेटमा दुई अर्धशतकसहित ६ सय ३६ रन बनाएका छन् । साथै उनले २६.७८ को औषतमा ६२ विकेट लिएका छन् ।


त्यस्तै उनले द हन्ड्रेडमा म्यानचेस्टर ओरिजिनिल्सबाट खेलेका छन् । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाजबाट एनपीएल खेल्न लागेका उनी चौथो विदेशी खेलाडी र दोस्रो इंग्लिस क्रिकेटर हुन् । गुर्खाजले यसअघि नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट, नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस र इंग्लिस क्रिकेटर स्टेफन इस्किनाजीलाई अनुबन्ध गरिसकेको छ । एनपीएलमा एउटा टोलीले ६ विदेशी खेलाडीसम्म राख्ने प्रावधान छ ।

काठमान्डु गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले डौथवेटको अनुवन्धमा भने, ‘ड्यान डौथवेट एक असाधारण प्रतिभा हुन् जसको अलराउन्डर क्षमताले एनपीएलमा हाम्रो टोलीलाई रणनीतिक फाइदा दिनेछ । उनको आक्रामक खेल शैली र बहुमुखीपन हाम्रो लक्ष्यसँग मेल खान्छ र उनले मैदानमा ठूलो प्रभाव पार्नेमा म पूर्ण विश्वास राख्दछु ।’

डौथवेटले पनि नेपाल आएर खेल्न उत्तिकै उत्साहित देखिए । ‘काठमाडाौ गोर्खाजमा सामेल हुन पाउदा म धेरै गर्व महसुस गरिरहेको छु । म टोली र प्रशंसकहरूको लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न प्रतिबद्ध छु, र नेपालमा हुने यस रोमाञ्चक यात्रा आरम्भ गर्न आतुर छु, यो सिजनलाई अविस्मरणीय बनाउन लाग्ने छु,’ काठमान्डु गोर्खाजको विज्ञप्तीमा उनले भनेका छन् ।

काठमान्डु गुर्खाजको ‘मार्की’ खेलाडीमा करण केसी रहेका छन् । अक्सनबाट गुर्खाजले शाहव आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित