मुख्य समाचार
काठमान्डु गुर्खाजले इंग्लिस क्रिकेटर ड्यान डौथवेटलाई अनुबन्ध
काठमान्डु गुर्खाजले इंग्लिस क्रिकेटर ड्यान डौथवेटलाई अनुबन्ध

— काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि इंग्लिस क्रिकेटर ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ । इंग्लिस क्रिकेटका अनुभवी डौथवेटले मंसिर १५ देखि हुने एनपीएलमा काठमान्डु गोर्खाजको प्रतिनिधित्व गर्ने भएका छन् ।



२७ वर्षे मिडियम पेस अलराउन्डर डौथवेटले कार्डिफ मेरिलेबोन क्रिकेट क्लबबाट सन् २०१९ मा प्रथम श्रेणीमा ‘डेब्यू’ गरेका थिए । पछिल्लो समय उनले इंग्लिस काउन्टीमा ग्लामोर्गनबाट खेल्दै आएका छन् । डौथवेटले भाइटालिटी ब्लास्टमा ग्लामोर्गनबाट ५९ खेलमा १ सय ३७ माथिको स्ट्राइक रेटमा दुई अर्धशतकसहित ६ सय ३६ रन बनाएका छन् । साथै उनले २६.७८ को औषतमा ६२ विकेट लिएका छन् ।


त्यस्तै उनले द हन्ड्रेडमा म्यानचेस्टर ओरिजिनिल्सबाट खेलेका छन् । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाजबाट एनपीएल खेल्न लागेका उनी चौथो विदेशी खेलाडी र दोस्रो इंग्लिस क्रिकेटर हुन् । गुर्खाजले यसअघि नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट, नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस र इंग्लिस क्रिकेटर स्टेफन इस्किनाजीलाई अनुबन्ध गरिसकेको छ । एनपीएलमा एउटा टोलीले ६ विदेशी खेलाडीसम्म राख्ने प्रावधान छ ।

काठमान्डु गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले डौथवेटको अनुवन्धमा भने, ‘ड्यान डौथवेट एक असाधारण प्रतिभा हुन् जसको अलराउन्डर क्षमताले एनपीएलमा हाम्रो टोलीलाई रणनीतिक फाइदा दिनेछ । उनको आक्रामक खेल शैली र बहुमुखीपन हाम्रो लक्ष्यसँग मेल खान्छ र उनले मैदानमा ठूलो प्रभाव पार्नेमा म पूर्ण विश्वास राख्दछु ।’

डौथवेटले पनि नेपाल आएर खेल्न उत्तिकै उत्साहित देखिए । ‘काठमाडाौ गोर्खाजमा सामेल हुन पाउदा म धेरै गर्व महसुस गरिरहेको छु । म टोली र प्रशंसकहरूको लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न प्रतिबद्ध छु, र नेपालमा हुने यस रोमाञ्चक यात्रा आरम्भ गर्न आतुर छु, यो सिजनलाई अविस्मरणीय बनाउन लाग्ने छु,’ काठमान्डु गोर्खाजको विज्ञप्तीमा उनले भनेका छन् ।

काठमान्डु गुर्खाजको ‘मार्की’ खेलाडीमा करण केसी रहेका छन् । अक्सनबाट गुर्खाजले शाहव आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...