मुख्य समाचार
महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

— महोत्तरीको टुटेश्वरमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट तीन जना घाइते भएका छन् । बर्दीबास–५ स्थित टुटेश्वरको जंगलमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु र तीनजना घाइते भएका हुन् ।

महोत्तरीको माईस्थानबाट सर्लाहीतर्फ जाँदै गरेको ना ४ त ६८२३ नम्बरको ट्याक्टरलाई ना ८ ख ३१६ नम्बरको टिपरले शुक्रबार राति पछाडिबाट ठक्कर दिँदा सर्लाही ईश्वरपुर–१२ का ३७ वर्षीय सन्तोष मगरातीको मृत्यु भएको छ ।

ठक्करबाट महोत्तरी बर्दीबास–७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाही ईश्वरपुर–१२ का १७ वर्षीय रविन मिरिङचिङ र ४४ वर्षीय डम्बरबहादुर मगर घाइते भएको इलाका प्रहरी कार्यालय बर्दीबासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

घाइते तीनै जनाको बर्दीबासस्थित शुभस्वास्तिक अस्पतालमा भर्ना गरिएका छ । उनीहरुको टाउको, छाती र कम्मरमा चोट लागेको छ । मृतक र घाइतेहरू सबै ट्र्याक्टरको ट्रेलरमा बसेर सर्लाहीतर्फ जाँदै थिए । दुर्घटनामा संलग्न दुवै सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ । मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ‘आजको बयान साँझ पौने ६ बजेसम्म गरेर स्थगित भयो, भोलि कार्यालय समय सुरु भएपछि ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्धको कानुनी लडाइँमा अडिग भएर लड्ने जनाएको छ । सभापति लामिछानेलाई उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालले सोमबार भेटेपछि मंगलबार विज्ञप्ति निकालेर रास्वपाले सो जानकारी दिएको हो । उसभापतिद्वयसँगको भेटमा सभापति लामिछानेको अभिव्यक्ति उधृत गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘मेरो कानुनी लडाइँ म लड्न सक्षम छु, तर अब तपाईंहरु ढिला ...
। पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याएसँगै विरोध प्रदर्शन गरिएको छ । सरकारी वकिलको कार्यालयमा बयान चल्दै गर्दा बाहिर रवि समर्थक र सहकारी पीडित पक्षले छुट्टाछुट्टै नाराबाजी गरिरहेका छन् । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका सभापतिलाई दिउँसो १२ बजे पोखराबाट भैरहवा ल्याइएको हो । लामिछानेको प्रतीक्षामा ...
: आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा स्याङ्जाको बिरुवा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बाग्लुङको बडिगाड गाउँपालिका-९ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र झापाको मेचीनगर नगरपालिका-१० घर भई काठमाडौं ...
: ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)डिल्लीबजार कारागार चलान भएका छन् । मनाङेलाई मंगलबार काठमाडौंको सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङबा पौने ११ बजेतिर सीआईबीको टोलीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।उनका अनुसार मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले काठमाडौँ जिल्ला ...