मुख्य समाचार
तुइनबाट मोटरसाइकल तारेको १५ सय, मान्छे तारेको २ सय रुपैयाँ
तुइनबाट मोटरसाइकल तारेको १५ सय, मान्छे तारेको २ सय रुपैयाँ

: प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा नेपाललाई तुइन मुक्त बनाउने घोषणा गरे। उनले झुलुंगे पुलमार्फत तुइन विस्थापन गरी नागरिकलाई सेवा दिन सरोकारवाला निकायलाई निर्देशन पनि दिए। तर घोषणा गरेको ९ वर्ष बितिसक्दा पनि हुम्लाका नागरिकहरुले तुइनबाटै कर्णाली नदी वारपार गर्न बाध्य छन्।



हुम्लाको चंखेली गाउँपालिकाको लोती कर्णाली सर्केगाड गाउँपालिकाको रिप र खार्पुनाथ गाउँपालिकाको लालीमा तुइनकै भरमा स्थानीय कर्णाली वारपार गरिरहेका छन्। मुगु र हुम्ला जोडने ६५ किलोमिटर दुरीमा लिंक रोड निर्माण भएको वषौँ बितिसक्दा समेत बेलिब्रिज पुल निर्माण नुहुँदा चंखेली गाउँपालिकाको लोती कर्णालीमा तुइनबाट मोटरसाइकल र सामान तार्ने गरेको छ। एक पटक मोटरसाइकल तारेको १५ सय रुपैयाँ तिर्न बाध्य भएको सिमकोट गाउँपालिका–५ का सन्तोष बोहराले जानकारी दिए। ७ जना सिमकोटदेखि मोटरसाइकलमा रारा घुम्न जाँदा लोती नदीमा तुइनबाट आउजाउ गर्दा तुइनको मालिकको सिन्डिकेट रहेको बोहराले बताए।

तुइनबाट आउजाउ गर्न १ सय देखि २ सय रुपैयाँ तिर्न बाध्य रहेको सिमकोट गाउँपालिका-१ का नरेन्द्र भण्डारीले बताए। मोटरसाइकल तार्न भाडामा १५ सय रुपैयाँ तिरेर रारा घुम्न गएको भण्डारीले बताए।



बेलिब्रिज पुल निर्माण नुहुँदा तुइनबाटै गाउँपालिका केन्द्र पुग्न बाध्य भएको चंखेली गाउँपालिका-१ का वडाध्यक्ष गोविन्द बोहराले दुखेसो गरे। वडा कार्यालयको मोटरसाइकल भएपछि तुइन तार्न महंगो पर्ने भएकोले मोटरसाइकल नदी पारी छोडेर तुइनबाट पालिका केन्द्र आउने गरेको उनले बताए।

पुल निर्माण नहुँदा मुगु हुम्ला जोड्ने लिंक रोड प्रयोगविहीन भएको उनले अन्नपूर्ण पोस्टसँग बताए। यस्तै गरी हुम्लाको सर्केगाड गाउँपालिका - रिप गाउँका ३१९ घरधुरीका नागरिक पनि तुइनको जोखिम मोल्दै नदी वारपार गर्न बाध्य देखिएका छन्।

स्थानीयदेखि जनप्रतिनिधीसम्म तुइनमै झुन्डिएर रिप नदी पार गर्दै आएको सर्केगाड गाउँपालिका २ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिए। नदीमा झुलुंगे पुलसम्म निर्माण नहुँदा सामान पनि तुइनबाट ओसारपोसार गर्न पर्न बाध्यता रहेको वडाध्यक्ष कार्कीले दुखेसो व्यक्त गरे।

उनले भने, ‘तुइनकै भरमा स्थानीय गाउँपालिकाको कार्यालय आउने जाने गर्छन्। ‘कर्णाली नदीमा झोलुंगे पुल नहुँदा तुइनबाट आउजाउदेखि सामान तार्ने गरेका छौं’, उनले भने, ‘नदीभन्दा पारी सडक छ। गाउँपालिका कार्यालय आउजाउ गर्न र गाडी चढ्न तुइन तरेर जानुपर्छ।’ झोलुंगे पुल नहुँदा तुइनबाट तार्ने क्रममा घर निर्माणका लागि खरिद गरेर ल्याएको ६ बन्डल जस्तापाता नदीमा खसेको सर्केगाड गाउँपालिकाकी गीता कार्कीले बताइन्।

कर्णाली नदीमा झोलुंगे पुल नहुँदा गाउँपालिकाको कार्यालय जाउआउ गर्न निकै समस्या भएको स्थानीयको भनाइ छ। खार्पुनाथ गाउँपालिका–४ को लालीबगरमा कर्णाली करिडोरको सडक निर्माणका क्रममा झोलुंगे पुल भत्किएपछि थाली गाउँका बासिन्दा पनि कर्णाली वारपार गर्न तुइनकै भर पर्दै आएका छन्। सदरमुकाम सिमकोट जान कर्णालीपारिको सडक भएर जानुपर्छ।

सडकमा पुग्न तुइनबाट कर्णाली नदी तर्नुपर्छ। प्राकृतिक रूपमा सुन्दर भए पनि विकट कर्णाली दुःख, अभाव र गरिबीको पर्यायवाची जस्तो बनेको छ। नागरिकले यस्तो जोखिमपूर्ण यात्रा गर्दासमेत सरकार मूकदर्शक बनेको छ। पुल निर्माण कम्पनीको लापरबाहीका कारण पनि समयमै पुल बन्न नसक्दा तुइनकै भर पर्नु परेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ । मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ‘आजको बयान साँझ पौने ६ बजेसम्म गरेर स्थगित भयो, भोलि कार्यालय समय सुरु भएपछि ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्धको कानुनी लडाइँमा अडिग भएर लड्ने जनाएको छ । सभापति लामिछानेलाई उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालले सोमबार भेटेपछि मंगलबार विज्ञप्ति निकालेर रास्वपाले सो जानकारी दिएको हो । उसभापतिद्वयसँगको भेटमा सभापति लामिछानेको अभिव्यक्ति उधृत गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘मेरो कानुनी लडाइँ म लड्न सक्षम छु, तर अब तपाईंहरु ढिला ...
। पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याएसँगै विरोध प्रदर्शन गरिएको छ । सरकारी वकिलको कार्यालयमा बयान चल्दै गर्दा बाहिर रवि समर्थक र सहकारी पीडित पक्षले छुट्टाछुट्टै नाराबाजी गरिरहेका छन् । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका सभापतिलाई दिउँसो १२ बजे पोखराबाट भैरहवा ल्याइएको हो । लामिछानेको प्रतीक्षामा ...
: आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा स्याङ्जाको बिरुवा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बाग्लुङको बडिगाड गाउँपालिका-९ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र झापाको मेचीनगर नगरपालिका-१० घर भई काठमाडौं ...
: ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)डिल्लीबजार कारागार चलान भएका छन् । मनाङेलाई मंगलबार काठमाडौंको सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङबा पौने ११ बजेतिर सीआईबीको टोलीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।उनका अनुसार मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले काठमाडौँ जिल्ला ...