मुख्य समाचार
रेल-वे स्टेसनमा आत्मघाती विस्फोट : कम्तीमा २४ को मृत्यु, ४० भन्दा बढी घाइते
रेल-वे स्टेसनमा आत्मघाती विस्फोट : कम्तीमा २४ को मृत्यु, ४० भन्दा बढी घाइते

— पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेल-वे स्टेसनमा शनिबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । विष्फोटमा परी ४० जनाभन्दा धेरै घाइते भएका छन् ।



घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ । पाकिस्तान प्रहरीका वरिष्ठ अधिकृत मुहम्मद बलोचले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरे ।


अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानीय समय अनुसार बिहान ८:४५ बजे विष्फोट भएको थियो । रेलले यात्रुहरूलाई पर्खिरहेको समयमा विस्फोट भएकाले धेरै मानिसहरू हताहत भएको प्रहरीको भनाइ छ ।


अधिकारीहरूका अनुसार आत्मघाती हमलाकारी सामान लिएर स्टेशनभित्र पसेका थिए भने सुरक्षाकर्मीहरूले ती आत्मघाती आक्रमणकारीलाई रोक्न सकेनन् ।

'पेशावर जाँदै गरेको एक्सप्रेस गन्तव्यतर्फ जाँदै गर्दा रेल-वे स्टेशनभित्र विस्फोट भएको थियो,' बलोचले भने । घाइतेहरूमध्ये करिब १० जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्की शान्तिवार्ताका लागि इच्छुक नरहेको आरोप लगाएका छन् । अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीच मियामीमा तीन दिन चलेको वार्ता शनिबार सम्पन्न भएको थियो । वार्तापछि ट्रम्पले शान्ति प्रस्तावमा हस्ताक्षर गर्नका लागि जेलेन्स्की तयार रहेको बताए । अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्यका लागि लागि निकै मेहिनत गरेको भएपनि जेलेन्स्कीले यसमा ...
: थाइल्याण्ड र कम्बोडियाबीच फेरि तनाव बढ्दै गएको छ। दुई देशबीच झडप र हवाई हमलापछि हजारौँ थाइल्याण्ड–कम्बोडियाली सीमाबाट भागेका छन्। दुई देशबीच तनाव बढ्दै गएपछि मानिसहरू आफ्नो सुरक्षाबारेमा चिन्तित भएका छन्। यस्तै व्यवसाय अवरुद्ध भएका छन् भने विद्यालय र अस्पताल बन्द छन्। थाइल्याण्डको सी सा केट प्रान्तका एक बासिन्दाले बीबीसी थाईलाई भने,ʻयो साँच्चै ...
: थाई आर्मीले कम्बोडियासँगको झडपपछि हवाई आक्रमण सुरु गरेको बताएको छ। यी आक्रमण विवादित थाइल्याण्ड-कम्बोडिया सीमामा गरिँदैछन्। थाइल्याण्डले सोमबार बिहान कम्बोडियाबाट आफ्ना सेनामाथि गोलीबारी भएको र दुई सैनिकको मृत्यु भएको तथा अन्य चार जना घाइते भएको बताएको छ। तर त्यसको केही समयपछि थाई सेनाले मृतक र घाइते सैनिकको संख्या परिवर्तन गरेको थियो। थाई सेनाका प्रवक्ताले पत्रकार ...
: रुसले शनिबार रातभर युक्रेनमा हवाई आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्न जारी वार्ताबारे टिप्पणी गरेको केही घण्टापछि यो आक्रमण भएको हो। फ्लोरिडामा तीन दिनको वार्तापछि डोनाल्ड ट्रम्पको वार्ता टोलीसँग फोन वार्ता धेरै रचनात्मक भएको उनले बताएका थिए। युक्रेनी औद्योगिक शहर क्रेमेनचुकका मेयरले शहरमा ठूलो मात्रामा आक्रमण भएको बताए। उनका अनुसार कुनै हताहतको ...
: अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सेन्ट्रलकोस्ट क्षेत्रमा अनियन्त्रित ढंगले फैलिएको डढेलोका कारण धेरै घरहरू खरानी भएका छन् । सिड्नी सहरबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने कुलबोङस्थित निम्मबिन रोड आसपासका क्षेत्रमा शनिबार डढेलो तीव्र रूपमा फैलिएपछि आपतकालीन चेतावनी जारी गरिएको छ । पूर्वी र मध्य न्यू साउथ वेल्समा ७५ भन्दा धेरै ठाउँमा डढेलो फैलिएको थियो । जसमध्ये १९ ...