मुख्य समाचार
यु-१९ टोलीमा हेमन्त धामी कप्तान मुख्य प्रशिक्षकमा शक्ति गौचन नियुक्त
यु-१९ टोलीमा हेमन्त धामी कप्तान मुख्य प्रशिक्षकमा शक्ति गौचन नियुक्त

: नेपाल क्रिकेट संघ (क्यान)ले हेमन्त धामीको कप्तानीमा यु-१९ टोली घोषणा गरेको छ। एसिया कप खेल्नका लागि क्यानले धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको छ।



यसअघि देव खनाल यु-१९ का कप्तान थिए। उनी निरन्तर सिनियर टोलीमा खेल्न थालेपछि धामीलाई कप्तानीको जिम्मा दिइएको हो।

त्यस्तै अर्जुन कुमाललाई उपकप्तानको जिम्मेवारी दिइएको छ। टोलीमा आकाश त्रिपाठी, उत्तम रांगु थापा मगर, मयन यादव, नरेन साउद, युनिश विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपीन कुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अप्राजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमार रहेका छन्।



त्यस्तै यु-१९ को मुख्य प्रशिक्षकमा शक्ति गौचनलाई नियुक्त गरिएको छ। सहायक प्रशिक्षक भने धीरेन्द्र चन्दलाई नियुक्त गरिएको क्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित