मुख्य समाचार
सप्तरीमा एक महिनामा ७३ जना फरार प्रतिवादी पक्राउ
सप्तरीमा एक महिनामा ७३ जना फरार प्रतिवादी पक्राउ

— सप्तरी प्रहरीले पछिल्लो एक महिनामा ७३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले एक महिने कार्य सम्पादनबारे जानकारी दिन शनिबार गरेको पत्रकार सम्मेलनमा एसपी ढकेन्द्र खतिवडाले अदालतले सजाय र जरिवाना तोकेपनि फरार रहेकाहरुमध्ये पछिल्लो एक महिनामा ७३ जनालाई नियन्त्रणमा लिएको बताए ।



ती पक्राउ गरिएका प्रतिवादीहरुबाट चारवर्ष दुई महिना ११ दिन भुक्तानका लागि कारागार चलान गरिएको छ । फरार प्रतिवादी नियन्त्रणमा लिने क्रममा तीन लाख ३१ हजार ८ सय ६१ रुपैयाँ जरिवाना असुल उपर गरिएको एसपी खतिवडाले बताए ।


पछिल्लो एक महिनामा सप्तरी प्रहरीले ठुलो परिमाणमा तस्करीका सामान बरामद गरेको छ । पछिल्लो एक महिनामा सप्तरी प्रहरीले ४६ लाख ६९ हजार ६ सय ३५ रुपैयाँ बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएको छ । एसपी खतिवडाका अनुसार भन्सार छलीमा लागेका १० जनालाई नियन्त्रणमा लिएको छ ।

दसैँ तिहार र छठका सन्दर्भमा एकीकृत सुरक्षा योजना तयार गरी सरोकारवाला संग समन्वय गरी अगाडि बढाउँदा सुरक्षा व्यवस्था सहज भएको एसपी खतिवडाले बताए ।

दसैँदेखि छठसम्मको चाडवाडमा ७ सय ४१ जना प्रहरी जनशक्ती परिचालन गरिएको र प्रहरी निरिक्षक हरुको नेतृत्वमा सुरक्षाकर्मी परिचालित गरिएको खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ । मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ‘आजको बयान साँझ पौने ६ बजेसम्म गरेर स्थगित भयो, भोलि कार्यालय समय सुरु भएपछि ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्धको कानुनी लडाइँमा अडिग भएर लड्ने जनाएको छ । सभापति लामिछानेलाई उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालले सोमबार भेटेपछि मंगलबार विज्ञप्ति निकालेर रास्वपाले सो जानकारी दिएको हो । उसभापतिद्वयसँगको भेटमा सभापति लामिछानेको अभिव्यक्ति उधृत गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘मेरो कानुनी लडाइँ म लड्न सक्षम छु, तर अब तपाईंहरु ढिला ...
। पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याएसँगै विरोध प्रदर्शन गरिएको छ । सरकारी वकिलको कार्यालयमा बयान चल्दै गर्दा बाहिर रवि समर्थक र सहकारी पीडित पक्षले छुट्टाछुट्टै नाराबाजी गरिरहेका छन् । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका सभापतिलाई दिउँसो १२ बजे पोखराबाट भैरहवा ल्याइएको हो । लामिछानेको प्रतीक्षामा ...
: आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा स्याङ्जाको बिरुवा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बाग्लुङको बडिगाड गाउँपालिका-९ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र झापाको मेचीनगर नगरपालिका-१० घर भई काठमाडौं ...
: ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)डिल्लीबजार कारागार चलान भएका छन् । मनाङेलाई मंगलबार काठमाडौंको सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङबा पौने ११ बजेतिर सीआईबीको टोलीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।उनका अनुसार मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले काठमाडौँ जिल्ला ...