मुख्य समाचार
नेकपा एमालेले दुई छिमेकी भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाउनुपर्ने
नेकपा एमालेले दुई छिमेकी भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाउनुपर्ने

: नेकपा एमालेले दुई छिमेकी भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाउनुपर्ने बताएको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले बदलिँदो विश्व राजनीतिलाई ध्यानमा राख्दै भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने निष्कर्ष निकालेक हो।



'हालै अमेरिकाको राष्ट्रपतीय निर्वाचन सम्पन्न भयो। रुसमा पनि ब्रिक्स सम्मेलन भय। विश्वमा भइरहेका नयाँ घटनाक्रमबारे बैठकमा छलफल गर्‍यौं। सरकारल बदलिँदो विश्व राजनीतिको बहाबलाई ध्यानमा राख्दै राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमा आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ,' उपमहासचिव प्रदीप ज्ञवालीले भने।

उनले प्रधानमन्त्रीको चीन भ्रमणबारे पनि छलफल भएको बताए। उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली डीसेम्बर पहिलो साता चीनको भ्रमण गर्दैछन्। प्रधानमन्त्रीको भ्रमण अधिकतम राष्ट्रिय हितमा हुने विश्वास लिएको उनले बताए।



त्यस्तै सरकारको चार महिने कार्यकालबारे पनि छलफल भएको उनले बताए। सरकारको काम कारबाहीलाई अगाडि बढाउन दुई दलको विभिन्न संयन्त्र बनेको र उक्त संयन्त्रमार्फत काम कारबाहीहरू राम्रो हुँदै जाने उनको भनाइ छ। त्यस्तै एमाले बैठकले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका उम्मेदवारहरूको टुंगो लगाएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ । मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ‘आजको बयान साँझ पौने ६ बजेसम्म गरेर स्थगित भयो, भोलि कार्यालय समय सुरु भएपछि ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्धको कानुनी लडाइँमा अडिग भएर लड्ने जनाएको छ । सभापति लामिछानेलाई उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालले सोमबार भेटेपछि मंगलबार विज्ञप्ति निकालेर रास्वपाले सो जानकारी दिएको हो । उसभापतिद्वयसँगको भेटमा सभापति लामिछानेको अभिव्यक्ति उधृत गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘मेरो कानुनी लडाइँ म लड्न सक्षम छु, तर अब तपाईंहरु ढिला ...
। पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याएसँगै विरोध प्रदर्शन गरिएको छ । सरकारी वकिलको कार्यालयमा बयान चल्दै गर्दा बाहिर रवि समर्थक र सहकारी पीडित पक्षले छुट्टाछुट्टै नाराबाजी गरिरहेका छन् । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका सभापतिलाई दिउँसो १२ बजे पोखराबाट भैरहवा ल्याइएको हो । लामिछानेको प्रतीक्षामा ...
: आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा स्याङ्जाको बिरुवा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बाग्लुङको बडिगाड गाउँपालिका-९ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र झापाको मेचीनगर नगरपालिका-१० घर भई काठमाडौं ...
: ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)डिल्लीबजार कारागार चलान भएका छन् । मनाङेलाई मंगलबार काठमाडौंको सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङबा पौने ११ बजेतिर सीआईबीको टोलीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।उनका अनुसार मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले काठमाडौँ जिल्ला ...