मुख्य समाचार
रास्वपाका कार्यकर्ताले सडक आन्दोलन गर्नुको कुनै तुक छैन : देउवा
रास्वपाका कार्यकर्ताले सडक आन्दोलन गर्नुको कुनै तुक छैन : देउवा

: पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले गरिरहेको सडक आन्दोलनको कुनै तुक नभएको बताएका छन् ।



एक साता लामो गृहक्षेत्रको भ्रमणका लागि आइतबार सुदूरपश्चिम आएका पूर्वप्रधानमन्त्री देउवाले धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसका नेताहरूको पनि छानविन भएको,प्रहरीले पक्राउ गरेको बताउँदै उनले मुद्दा परेका बेला पार्टीले अदालतमा विश्वास गरेको बताए ।

‘हाम्रा साथीहरूलाई पनि मुद्दा लागेको छ । पक्राउ परेका छन् । अदालतमा मुद्दा चलिरहेको छ । हामीले त कहिले हो–हल्ला गरेनौं, रास्वपाले पनि अदालतलाई विश्वास गर्नु पर्‍यो नि। अहिले मुद्दा अदालती प्रक्रिायामा छ,' देउवाले भने ।



उनले सत्ता गठबन्धनमा केही असमझदारी देखिएको चर्चा गलत भएको दावी गरे । ‘सत्ता गठबन्धनमा कुनै असमझदारी र समस्या छैन । यो गठबन्धन २०८४ सम्म टिक्छ,'उनले भने । देउवा आजै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । देउवाले गृहजिल्लामा उग्रतारा जातमा सहभागी हुनेछन् । अन्य धार्मिक कार्यक्रम पनि सहभागी हुने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ । मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ‘आजको बयान साँझ पौने ६ बजेसम्म गरेर स्थगित भयो, भोलि कार्यालय समय सुरु भएपछि ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्धको कानुनी लडाइँमा अडिग भएर लड्ने जनाएको छ । सभापति लामिछानेलाई उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालले सोमबार भेटेपछि मंगलबार विज्ञप्ति निकालेर रास्वपाले सो जानकारी दिएको हो । उसभापतिद्वयसँगको भेटमा सभापति लामिछानेको अभिव्यक्ति उधृत गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘मेरो कानुनी लडाइँ म लड्न सक्षम छु, तर अब तपाईंहरु ढिला ...
। पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याएसँगै विरोध प्रदर्शन गरिएको छ । सरकारी वकिलको कार्यालयमा बयान चल्दै गर्दा बाहिर रवि समर्थक र सहकारी पीडित पक्षले छुट्टाछुट्टै नाराबाजी गरिरहेका छन् । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका सभापतिलाई दिउँसो १२ बजे पोखराबाट भैरहवा ल्याइएको हो । लामिछानेको प्रतीक्षामा ...
: आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा स्याङ्जाको बिरुवा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बाग्लुङको बडिगाड गाउँपालिका-९ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र झापाको मेचीनगर नगरपालिका-१० घर भई काठमाडौं ...
: ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)डिल्लीबजार कारागार चलान भएका छन् । मनाङेलाई मंगलबार काठमाडौंको सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङबा पौने ११ बजेतिर सीआईबीको टोलीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।उनका अनुसार मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले काठमाडौँ जिल्ला ...