मुख्य समाचार
हवाई टिकटको अभाव : उड्ने दिन टुंगो छैन, मारमा श्रमिक
हवाई टिकटको अभाव : उड्ने दिन टुंगो छैन, मारमा श्रमिक

— वैदेशिक रोजगारीबाट घरबिदामा आएका र नयाँ श्रम स्वीकृति लिएकाहरूले तत्काल टिकट नपाउँदा काठमाडौंमा अलपत्र पर्न थालेका छन् । हवाई टिकट नपाउँदा रोजगारदाता देशमा जाने दिनको टुंगो लाग्न सकेको छैन । गन्तव्य देशबाट उडान भर्ने हवाई कम्पनीहरुको उडान कटौती भएपछि हवाई टिकटको मूल्य बढ्नुको साथै उडान पनि अनिश्चित भएको हो ।



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पूर्वाधार विस्तार तथा निर्माण कार्यका लागि भन्दै शुक्रबार रातिदेखि लागू हुने गरी व्यावसायिक उडान कटौती गरेपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएर दोब्बर–तेब्बर पुर्‍याएका थिए । राति १० बजेदेखि बिहान ८ बजेसम्म रोक लगाइँदा अन्तर्राष्ट्रिय र आन्तरिक उडान ३० प्रतिशतले कटौती भएको छ । उडान कटौतीको नियम चैत १८ सम्मका लागि लागू गरिएको हो । नागरिक उड्डयन प्राधिकरणको अनुसार दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा ३० प्रतिशत उडान कटौती भएको छ ।


सबैभन्दा बढी उडान भर्ने कतार एयरवेजको दैनिक २ वटा उडान कटौती भएको छ । उसले दैनिक चार वटा उडानको टिकट बिक्री गरेको थियो । गत शुक्रबारदेखि कतार एयरवेजले दैनिक दुई वटा उडान मात्रै गर्न पाइरहेको छ । ‘कतार एयरवेजले दैनिक करिब एक हजार जनालाई बोकिरहेको थियो । अहिले ५ सय जनामा झरेको छ,’ कतार एयरवेजका एक अधिकारीले कान्तिपुरलाई भने,‘टिकट काटिसकेको दैनिक ५ सय जनाको उडान रोकिएको छ । पुरानो समायोजना नगरेसम्म नया दिन सक्दैन ।’

कतार एयरवेजले चार वटै उडानको टिकट बेचिरहेको थियो । टिकट काटिसकेपछि पनि उडान नपाएकाहरू अहिले काठमाडौं हात्तीसरस्थित कतार एयरवेजको कार्यालयमा नयाँ उडानको मिति लिन धाइरहेका छन् । तर, कतिपय यात्रुहरूले उडानको समय पाइरहेको छैनन् ।

Lack of air tickets: The day of flight is not decided, workers are working hardनेपाल नागरिक उड्डयान प्राधिकरणले अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीहरूलाई कटौती भएको उडान भैरहवा वा पोखराबाट सुरु गर्न अनुरोध गरेको छ । तर, कतार एयरवेज भैरहवा र पोखरामा जान मानिरहेको छैन । कतार एयरवेजले श्रमिक भन्दा पनि ट्रान्जिट यात्रुलाई प्राथमिकता दिइरहेको छ । ‘मेरो शनिबार साँझ ६:४० को उडान थियो । त्यो रद्द भएको छ । यो समयको उडान भर्नेलाई अर्को दिनको उडान तालिका दिइएको छैन,’ कतारमा कार्यरत नवलपरासीका रिजन चौलागाईंले भने,‘म एक महिनाको बिदामा आएको थिएँ । आइतबारदेखि कम्पनीमा हाजिर हुनुपर्ने थियो । कहिले टिकट दिने हो टुंगो छैन ।’

संयुक्त अरब इमिरेट्स (यूएई)बाट छोटो बिदामा आएका नानुकाजी अर्यालले टिकट नपाउँदा आफूहरू काठमाडौंमा थन्किएको बताए । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलका अनुसार टिकट नपाउँदा म्यानपावर कम्पनीले श्रमिक पठाउन सकेको छैन । ‘अधिकांश म्यानपवारले टिकट नपाँउदा श्रमिकलाई काठमाडौं बोलाएका छैनन्,’ उनले भने,‘जुन रोजगारदाता कम्पनीलाई तुरुन्तै श्रमिक चाहिएको छ । ती रोजगारदातालाई महँगो दरमा टिकट काटेर पठाइरहेका छौं ।’

टिकटको अभावमा तत्काल बिदामा आएका र नयाँ श्रम स्वीकृति पाएका ४५ हजार श्रमिक समस्यामा परिसकेको महासचिव भुर्तेलको दाबी छ । ‘मैले पठाउनुपर्ने श्रमिकको जनवरी यताको टिकट पाएको छैन,’ उनले भने ।

उडान कटौतीपछिको अस्वाभाविक वृद्धि नियन्त्रण गर्न र भैरहवा वा पोखरा बिमानस्थललाई प्राथमिकता दिन भन्दै व्यवसायीहरूले परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई शुक्रबार भेटेरै सुझाएका थिए । हवाई भाडा अस्वाभाविक रूपमा अकासिएको गुनासो बढेपछि नागरिक उड्डयन प्राधिकरणले स्वदेशी र विदेशी सबै वायुसेवा कम्पनीलाई उपभोक्ता मर्कामा नपर्ने गरी टिकट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । नेपाल सरकार र वायुसेवा सञ्चालकहरूबीच भएको सम्झौताको सर्तविपरीत महंगो हवाई भाडा लिए कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चारवटा विमान कम्पनीले शुक्रबार र शनिबारबाट अन्तर्राष्ट्रिय उडान गरेका छन् । थाई एयर एसियाले बैंकक, कुवेतको जजिरा एयरलाइन्सले सातामा तीन दिन भैरहवा–कुवेत, फ्लाई दुबईले नेपाल एयरलाइन्सले शुक्रबारबाट काठमाडौं–भैरहवा–दुबई उडान सुरुवात गर्ने तय भएको बिमानस्थलले जनाएको छ ।

यसले प्रमुख गन्तव्य देशको लागि नपुग्ने भन्दै महासचिव भुर्तेलले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू बढाउनुपर्ने वताए । ‘टिकटको अवस्था सहज नभएसम्म श्रमिकहरू वैदेशिक रोजगारीमा जाने अवस्था बन्दैन । प्राधिकरणले हवाई भाडा कटौती गर्ने कागजी निर्देशनले मात्रै काम गर्दैन । हामीलाई समाधान चाहिएको छ,’ उनले भने,‘वैकल्पिक विमानस्थलको रुपमा रहेको भैरहवा र पोखराबाट उडान बढाउनुपर्छ । हामी भैरहवा र पोखरासम्म श्रमिक पुर्‍याउने जिम्मेवारी लिन्छौं । योभन्दा अर्को उत्तम विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लुम्बिनी सरकारले प्रदेशका पर्यटकीय स्थलमा घुम्न आउने बाह्य पर्यटकलाई हुने पटके चेकिङको सास्ती हटाउने भएको छ। पर्यटनहरूले पटके चेकले सास्ती बनाएको गुनासो पछि यो नीति लिन लागिएको उद्योग , पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बताए। लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको बलियो आधार यहाँको पर्यटकीय क्षेत्रलाई मानिँदै आएको छ। प्रदेश सरकारले पर्यटन प्रवर्द्धनलाई ...
— सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने, राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको बताए। उनले ...
: राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन्। अजरबैजानको बाकु सहरमा कात्तिक २६ गतेदेखि सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप-२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा आह्वान गरेका हुन्। 'नगन्य ...
: वन मुद्दामा दाङको राजपुर गाउँपालिका-७ का वडाध्यक्ष पुस्कर वली पक्राउ परेका छन्। वडाध्यक्षसहित ६ जनालाई डिभिजन वन कार्यालय दाङ (देउखुरीले ) पक्राउ गरी अनुसन्धान थालेको छ। झन्डै दुई वर्ष अगाडि वडाध्यक्षको मिलेमतोमा कानुनी प्रक्रिया बेगर वनका रुख काटेको भन्ने उजुरी अख्तियारमा परेको थियो। त्यस पछि उनीहरूमा अनुसन्धान सुरु भएको थियो। अख्तियारले सत्य तथ्य छानबिन ...
— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताएका छन् । मन्त्री गुरुङले सोमबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विद्युत आपूर्ति बन्द गरेका उद्योगहरुमा लाइन जोड्ने सरकारको निर्णयमाथि नेपाल विद्युत प्राधिकरणका कर्मचारीले निर्णय नमान्ने भनेका छन् भन्ने प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनले सरकारले गरेका ...