मुख्य समाचार
भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले पनि उडानको सुरुवात
भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले पनि उडानको सुरुवात

: भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले पनि उडानको सुरुवात गरेको छ । विमानस्थल सञ्चालनपछि पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको रुपमा व्यवसायिक उडान थालेर प्राविधिक कारण देखाउँदै उडान स्थागित गरेको जजिराले शनिवारदेखि पुनः कुवेत–भैरहवा सिधा उडान सुरु गरेको छ ।



शनिवार बिहान ७:४० बजे एक सय ७१ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको जजिराले १ सय ६८ यात्रु लिएर कुवेत प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए । विमानस्थलमा अवतरण भएको जजिराको पानीको फोहोराले स्वागत गरिएको थियो ।

भैरहवा विमानस्थलबाट यसअघि थाइल्याण्डको वायुसेवा कम्पनी थाइ एयर एशियाले नियमित उडान सुरु गरिसकेको छ भने शनिवार एकै दिन जजिरासहित नेपाल एयरलाइन्स र फ्लाई दुबाईले उडानको सुरुवात गर्ने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।



nullशनिवार रातिदेखि नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई–काठमडौं सातामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार उडान गर्ने तालिका रहेको सूचना अधिकारी राउतले बताए । त्यस्तै संयुक्त अरब इमिरेट्स (युएई) फ्लाई दुबईले शनिवार मध्यान्हदेखि साताको सातै दिन दुबई–भैरहवा–काठमाडौं–दुबई एक उडान गर्ने उनले जनाए ।

विमानस्थल संचालनमा आएको दुई वर्षपछि विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्ससहित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उडान भर्न थालेपछि निजी क्षेत्र हौसिएको छ ।

भैरहवा विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानले यस क्षेत्र पर्यटन क्षेत्रमा फड्को मार्ने विश्वास लिइएको भैरहवाका पर्यटन व्यवसायी अमितकुमार गुप्ताले बताए ।

‘विमानस्थल निर्माणमा अर्बौं लगानी भइसकेको छ र त्यही हेरेर यस क्षेत्रको पर्यटन क्षेत्रमा पनि व्यवसायीहरूले उस्तै लगानी गरेका छन् । तर, अहिलेसम्म प्रतिफल पाउन सकेका छैनन्’, उनले भने, ‘विमानस्थललाई हेरेर भएको यस क्षेत्रमा अर्बौ लगानी र धरासय भएको पर्यटन क्षेत्र उकास्नका लागि सरकारले यी चारबाहेक अन्य वायुसेवा कम्पनीहरूलाई पनि भैरहवा विमानस्थलमा ल्याउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वन मुद्दामा दाङको राजपुर गाउँपालिका-७ का वडाध्यक्ष पुस्कर वली पक्राउ परेका छन्। वडाध्यक्षसहित ६ जनालाई डिभिजन वन कार्यालय दाङ (देउखुरीले ) पक्राउ गरी अनुसन्धान थालेको छ। झन्डै दुई वर्ष अगाडि वडाध्यक्षको मिलेमतोमा कानुनी प्रक्रिया बेगर वनका रुख काटेको भन्ने उजुरी अख्तियारमा परेको थियो। त्यस पछि उनीहरूमा अनुसन्धान सुरु भएको थियो। अख्तियारले सत्य तथ्य छानबिन ...
— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताएका छन् । मन्त्री गुरुङले सोमबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विद्युत आपूर्ति बन्द गरेका उद्योगहरुमा लाइन जोड्ने सरकारको निर्णयमाथि नेपाल विद्युत प्राधिकरणका कर्मचारीले निर्णय नमान्ने भनेका छन् भन्ने प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनले सरकारले गरेका ...
: जाजरकोटमा मंगलबार अर्को सडक दुर्घटना भएको छ। फोर्स गाडी र जिप एक आपसमा ठोकिँदा चार जना घाइते भएका छन्। जाजरकोट भेरी नगरपालिका-१२ रातोपोखरास्थित छिन्चु जाजरकोट सडक खण्डमा दुर्घटना भएको हो। सोमबार मात्र दुई छुट्टाछुट्टै दुर्घटनामा ३९ जना घाइते भएका थिए। एकपछि अर्को दुर्घटना हुन थालेपछि स्थानीय चिन्तामा परेका छन्। नेपालगन्जबाट जाजरकोट तर्फ आउँदै गरेको लु ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोमबार लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयबमोजिम मन्त्रालयले सोमबार प्रतिवेदन सार्वजनिक गरेको हो। डेडिकेटेड तथा ट्रंकलाइन विवाद सुल्झाउन अघिल्लो सरकारले गत माघ २४ गतेसर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले यही वैशाख २७ गते ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन्। नेपालमा थारू समुदायमा यो रोग बढी देखिने गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले इमानदार र लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकाले उत्पादित नयाँ चिकित्सकहरुलाई सिकलसेलको ...