मुख्य समाचार
अब सत्ता फासिष्ट हुँदै जाने र सडकमा अराजक पपुलिष्ट हुँदै जाने दिन आउँदैछन् : भुसाल
अब सत्ता फासिष्ट हुँदै जाने र सडकमा अराजक पपुलिष्ट हुँदै जाने दिन आउँदैछन् : भुसाल

— नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकमा आगामी दिनमा अझै धेरै अराजकता बढ्दै जाने बताएका छन् । मुलुकमा सत्ता फासिष्ट हुँदै जाने र सडकमा अराजक पपुलिष्ट हुँदै जाने अवस्था आउने उनको जिकिर थियो ।



महासचिव भुसालले मुलुकलाई सही ढंगले अघि बढाउनका लागि घुस नखाने पार्टी आवश्यक रहेको पनि बताए । घुस नखाने पार्टी भए मात्रै जनताले रोजगारी पाउने र मुलुकलाई आत्मनिर्भर ढंगले अघि बढाउने सिद्धान्त बन्ने र त्यसले मुलुकलाई सही ढंगले अघि बढाउने उनको तर्क छ ।


नेता भुसालले त्यसका लागि क्रान्तिकारी एजेण्डासहितको समूह सडकमा आउनुपर्ने धारणा राखे । शनिबार काठमाडौंमा आयोजित ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव भुसालले घुस नखाने पार्टीले मात्रै आजको लेलिनलाई पुनर्जागृत गर्नसक्ने र त्यसले मात्रै विद्यमान समस्याको समाधान गर्दै मुलुकलाई अघि बढाउनसक्ने बताए ।

उनले भने, ‘हामी कहाँ घुस नखाने व्यक्तिहरु धेरै छन् । तर घुस नखाने पार्टी बनाउनु पर्‍यो । घुस नखाने बित्तिकै मुलुक पनि त्यसै गरी चलाउँछु, आत्मनिर्भर भएर चलाउँछु, आफ्नो जनतालाई रोजगारी दिएर चलाउँछु भन्ने सिद्धान्त चाहिन्छ । त्यो सिद्धान्त विकसित हुन्छ । त्यसका लागि तपाईले साम्राज्यवादसँग लड्नुपर्दछ । आजको लेनिन त्यहाँ फेला पार्नुहुन्छ । उहिल्यै सय वर्षको लेनिन होइन, आजको लेनिनलाई पुनःजागृत गर्नुहुन्छ । यदि साँच्चै मुलुकमा कृषि, उद्योगको संरक्षण गरेर जानुपर्छ भन्ने पोलिसी लिने हो भने आजको लेनिन निर्माण हुन बेर लाग्दैन ।'

महासचिव भुसालले रुस कालिन बोल्सेविक क्रान्ति सम्पन्न गर्न पनि क्रान्तिकारी एजेण्डासहितको सडक आन्दोलन गर्ने वस्तुगत स्थिति तयार भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन्। नेपालमा थारू समुदायमा यो रोग बढी देखिने गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले इमानदार र लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकाले उत्पादित नयाँ चिकित्सकहरुलाई सिकलसेलको ...
: डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा उद्योगमा काटिएका विद्युत्का लाइन जोडिएका छन् । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकले काटिएका लाइन जोड्ने निर्णय गरेको हो । सञ्चालक समिति बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासहित ऊर्जासचिव सुरेश आचार्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतको उपस्थिति रहेको थियो । सरकारले आइतबार नै उद्योगका काटिएका ...
: हरिबोधिनी एकादशीको अवसरमा मंगलबार पोखराको सेती नदी किनारमा फूल तार्ने र पूजा गर्नेको भिड लागेको छ । पोखराको रामघाट लगायत सेती नदीमा हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुको भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा मंगलबार दामोदरसँग विहाव गरी यो पर्व मनाउने क्रममा सेती नदीमा फूल तारेका हुन् । भक्तजनले ...
— नेकपा (माओवादी केन्द्र) ले मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकताबद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ । सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्देशन दिएको हो । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसहरुलाई अनुमोदन गरेको पनि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले ...
: लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०८१/०८२ को बजेटमा प्यूठानको झिमरुक–७ को पिडाल्नेदेखि समाधिस्थलसम्म सडक बनाउन बजेट छुट्टयायो–५ लाख। यति बजेट त पालिकाका वडाले नै विनियोजन गर्ने अधिकार राख्छन्। तर, सोही वडाकी प्रदेश सदस्य निमा गिरीको पहलमा उक्त सडकमा बजेट छुट्टयाइएको थियो। अर्को उदाहरण हेरौं, प्यूठानकै ४ नम्बर वडाको गौमुखी जाने बाटोका लागि छुट्ट्याइएको रकम। त्यसमा ...