मुख्य समाचार
ओलीमाथि प्रचण्डको आशंका : आफ्नो कुर्सी बचाउन एसपीपी सम्झौता गर्नसक्छन्
ओलीमाथि प्रचण्डको आशंका : आफ्नो कुर्सी बचाउन एसपीपी सम्झौता गर्नसक्छन्

: नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अगाडि बढाउन सक्ने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरका छन्। प्रेस सेन्टर नेपालले मकवानपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एसपीपीलाई प्रधानमन्त्री ओ‌लीले अघिल्लो पटक सैद्धान्तिक सहमति दिइसकेको बताउँदै अगाडि बढ्नेमा आशंका व्यक्त गरेका हुन्।


'एसपीपीलाई अहिलेका प्रधानमन्त्रीजीले अघिल्लो पटक नै सैद्धान्तक सहमति दिइसकेको कुरा अमेरिकन मिडियाहरुमा आइसकेको छ। अमेरिकन सरकारले त्यसलाई आधिकारिक रुपले पनि भनि सकेको छ। यो गम्भीर चिन्ताको विषय छ। यसकारण यो सरकार नेपालको राष्ट्रिय स्वाधिनताको सौदाबाजी गर्ने,आफ्नो कुर्सी बचाउनका लागि राष्ट्रप्रति घात गर्नेतिर अगाडि बढ्ने त होइन ? सैद्धान्तिक सहमति आफै पनि गम्भीर विषय हो। त्यसमा अब सम्झौता गर्नेतिर जाने हो भन्ने स्थिति छ,'उनले भने।

उनले यस्ता विषयहरूमा जनतालाई सुसूचित गराउने र सतर्क गराउन आवश्यक रहेको बताए।

अध्यक्ष प्रचण्डले अहिलेको सरकारले जनताको पक्षमा काम नगरेको जिकिर गरे। अहिले सरकारको १०० दिन वितिसकेको । राम्रो काम भइरहेको छैन भन्ने कुरा सबै नेपाली जनताले बुझेका छन्,'उनले भने,' राम्रामाथि आक्रमण र नराम्रोको रक्षा गर्नतिर सरकार गएको हो कि भन्ने सबैलाई लागेको छ।'

उनले ओली नेतृत्व गठबन्धन सरकार विचौलियाहरूको पहलमा भएको र विचौलियाकै पक्षमा काम गर्ने आरोप लगाए। उनले भने,'प्रधानमन्त्री केपी शर्मा ओली स्वयंमले जसकामाथि अदालतमा मुद्दा छ त्यस्ता व्यवसायीको दानका नाममा लिएको कुरा भ्रष्टाचार नै हो। करेक्सन गर्नुको सट्टा पुष्टि गर्ने कोशिस गरेको छ। सरकार राष्ट्र र जनताको पक्षमा काम गर्नेभन्दा विचौलिया र त्यस खालका शक्तिका पक्षमा काम गर्ने खोजेको देखियो।'

प्रचण्डले मन्त्री हुनका लागि सांसद हुनुपर्ने बाध्यात्मक अवस्था हटाउनका लागि निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने बताए। उनले सरकार छाडेपछि माओवादी सहज अवस्थामा रहेको र जनतातर्फ फर्कने राम्रै अवसर प्राप्त भएको बताए। आफू नेतृत्वको सरकारले गरेका काम र उपलब्धीहरू जनतालाई जानकारी गर्दै पार्टीलाई बलियो बनाउन ध्यान केन्द्रीत गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने, राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको बताए। उनले ...
: राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन्। अजरबैजानको बाकु सहरमा कात्तिक २६ गतेदेखि सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप-२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा आह्वान गरेका हुन्। 'नगन्य ...
: वन मुद्दामा दाङको राजपुर गाउँपालिका-७ का वडाध्यक्ष पुस्कर वली पक्राउ परेका छन्। वडाध्यक्षसहित ६ जनालाई डिभिजन वन कार्यालय दाङ (देउखुरीले ) पक्राउ गरी अनुसन्धान थालेको छ। झन्डै दुई वर्ष अगाडि वडाध्यक्षको मिलेमतोमा कानुनी प्रक्रिया बेगर वनका रुख काटेको भन्ने उजुरी अख्तियारमा परेको थियो। त्यस पछि उनीहरूमा अनुसन्धान सुरु भएको थियो। अख्तियारले सत्य तथ्य छानबिन ...
— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताएका छन् । मन्त्री गुरुङले सोमबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विद्युत आपूर्ति बन्द गरेका उद्योगहरुमा लाइन जोड्ने सरकारको निर्णयमाथि नेपाल विद्युत प्राधिकरणका कर्मचारीले निर्णय नमान्ने भनेका छन् भन्ने प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनले सरकारले गरेका ...
: जाजरकोटमा मंगलबार अर्को सडक दुर्घटना भएको छ। फोर्स गाडी र जिप एक आपसमा ठोकिँदा चार जना घाइते भएका छन्। जाजरकोट भेरी नगरपालिका-१२ रातोपोखरास्थित छिन्चु जाजरकोट सडक खण्डमा दुर्घटना भएको हो। सोमबार मात्र दुई छुट्टाछुट्टै दुर्घटनामा ३९ जना घाइते भएका थिए। एकपछि अर्को दुर्घटना हुन थालेपछि स्थानीय चिन्तामा परेका छन्। नेपालगन्जबाट जाजरकोट तर्फ आउँदै गरेको लु ...