मुख्य समाचार
अब कार्यकारी राष्ट्रपतिको मुद्दा लिएर सडकमा उत्रिन्छौँ : अध्यक्ष दाहाल
अब कार्यकारी राष्ट्रपतिको मुद्दा लिएर सडकमा उत्रिन्छौँ : अध्यक्ष दाहाल

— नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अब कार्यकारी राष्ट्रपतिको मागसहित सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।



शनिबार मकवानपुरको थाहा नगरपालिकामा वाईसीएलको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले नयाँ आन्दोलनको संकेत गरे। कांग्रेस–एमाले गठबन्धनको सरकार गठनसँगै प्रतिपक्षी बेञ्जमा पुगेका दाहाल पछिल्ला चार महिनायता निरन्तर सडक आन्दोलनको चेतावनी दिँदै आएका छन् ।


उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमाथि पनि कडा प्रहार गरे । आफ्नो नेतृत्वको पूर्वसरकारले विचौलिया, दलाल र पुँजीपतिको सेटिङ भत्काएपछि आत्तिएका व्यक्तिहरूले एमाले र कांग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएको र बिचौलियाहरूले नै यो सरकार निर्माण गरिदिएको आरोप समेत लगाए।

‘यो सरकार जनताको सरकार होइन । हामीले सुशासन र भ्रष्टाचारीलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि बिचौलियाले बनाइदिएको सरकार हो,' पूर्वप्रधानमन्त्री दाहालले भने ।

अध्यक्ष दाहालले आगामी दिनमा देशभरका जिल्ला र स्थानीय तहमा आन्दोलनको आँधीबेरी सिर्जना गर्ने बताए । उनले आफू अझै ५–७ वर्ष स्वस्थ रहे प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएसम्म विश्राम नलिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन्। अजरबैजानको बाकु सहरमा कात्तिक २६ गतेदेखि सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप-२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा आह्वान गरेका हुन्। 'नगन्य ...
: वन मुद्दामा दाङको राजपुर गाउँपालिका-७ का वडाध्यक्ष पुस्कर वली पक्राउ परेका छन्। वडाध्यक्षसहित ६ जनालाई डिभिजन वन कार्यालय दाङ (देउखुरीले ) पक्राउ गरी अनुसन्धान थालेको छ। झन्डै दुई वर्ष अगाडि वडाध्यक्षको मिलेमतोमा कानुनी प्रक्रिया बेगर वनका रुख काटेको भन्ने उजुरी अख्तियारमा परेको थियो। त्यस पछि उनीहरूमा अनुसन्धान सुरु भएको थियो। अख्तियारले सत्य तथ्य छानबिन ...
— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताएका छन् । मन्त्री गुरुङले सोमबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विद्युत आपूर्ति बन्द गरेका उद्योगहरुमा लाइन जोड्ने सरकारको निर्णयमाथि नेपाल विद्युत प्राधिकरणका कर्मचारीले निर्णय नमान्ने भनेका छन् भन्ने प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनले सरकारले गरेका ...
: जाजरकोटमा मंगलबार अर्को सडक दुर्घटना भएको छ। फोर्स गाडी र जिप एक आपसमा ठोकिँदा चार जना घाइते भएका छन्। जाजरकोट भेरी नगरपालिका-१२ रातोपोखरास्थित छिन्चु जाजरकोट सडक खण्डमा दुर्घटना भएको हो। सोमबार मात्र दुई छुट्टाछुट्टै दुर्घटनामा ३९ जना घाइते भएका थिए। एकपछि अर्को दुर्घटना हुन थालेपछि स्थानीय चिन्तामा परेका छन्। नेपालगन्जबाट जाजरकोट तर्फ आउँदै गरेको लु ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोमबार लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयबमोजिम मन्त्रालयले सोमबार प्रतिवेदन सार्वजनिक गरेको हो। डेडिकेटेड तथा ट्रंकलाइन विवाद सुल्झाउन अघिल्लो सरकारले गत माघ २४ गतेसर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले यही वैशाख २७ गते ...