मुख्य समाचार
एमाले र कांग्रेस गठबन्धनको सरकारले १०० दिनमा जनतालाई राहत पुग्ने कुनै पनि काम नगरेको बताए
एमाले र कांग्रेस गठबन्धनको सरकारले १०० दिनमा जनतालाई राहत पुग्ने कुनै पनि काम नगरेको बताए

— प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र कांग्रेस गठबन्धनको सरकारले १०० दिनमा जनतालाई राहत पुग्ने कुनै पनि काम नगरेको बताएका छन् । माओवादी केन्द्र नेतृत्वको सरकारले गरेका काम समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनको वक्तव्य दिएको दाहालको दाबी थियो ।



थाहा नगरपालिका, मकवानपुरमा शनिबार आयोजित पार्टीको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले वर्तमान सरकार काम गर्न असफल भएको भन्दै आलोचना गरेका हुन् । पुराना संसदीय दलहरू कांग्रेस र एमालेले जालझेल गरेको तर काम भने नगरेको उनको भनाइ थियो ।


माओवादी केन्द्रको सरकारले गरेका कामको चर्चा गर्न नसकेको पनि दाहालको भनाइ थियो । 'हामीले धेरै राम्रो काम गरे पनि जनतामा यो-यो राम्रो काम गर्‍यौं भन्ने स्थापित गर्न अलि सकेनौं । उनीहरूले नगरेका काम पनि, अहिले तपाईंहरूले १०० दिनको उपलब्धिमा प्रधानमन्त्री केपी ओलीले पढेको वक्तव्य सुन्नुभएको होला, मैले गरेका जति काम आफूले गरेको बनाएछन् । उनले त यहाँ आएपछि सिन्को भाँचेका छैनन् । १०० दिनमा गरेको भनेर फेहरिस्त जे पेस गरेका छन् त्यो माओवादी नेतृत्वको सरकारले गरेका कामहरूको लिस्ट बनाएछन् र यो मैले गरेको भने,' दाहालले भने ।

दाहालले आफ्नो नेतृत्वको सरकारले भारत र चीनसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताए । भारत र चीनसँग नेपालको हितमा महत्त्वपूर्ण र दूरगामी सहमति र सम्झौता भएका पनि उनले दोहोर्‍याए । विश्वमञ्चहरूमा नेपाल र नेपाली जनताको हक र अधिकारको लागि कुरा राखिएको उनको भनाइ थियो । संयुक्त राष्ट्रसंघदेखि अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको जलवायु परिवर्तनबाट पर्ने प्रभावलगायतका विषयमा प्रभावकारी कुरा राखेको उनले बताए ।

आफ्नो नेतृत्वमा सरकार हुँदा धेरैका सेटिङ भत्काएकोले ती बिचौलिया, पुँजीपतिले एमाले र कांग्रेसको सरकार रातारात गठन गरेको दाहालको भनाइ थियो । 'मलाई शेरबहादुर देउवाजी र केपी शर्मा ओलीजीले बुद्धि निकालेर सरकार बनाएको भन्ने लाग्दैन,' दाहालले भने । वर्तमान सरकार राजनीतिक रूपमा भन्दा पनि अरु नै कारणले गठन भएको दाहालको भनाइ थियो । दिनदिनै सरकारप्रति जनतामा असन्तुष्टि, आवेग र आक्रोश बढ्दै गएको पनि उनले भने ।

काठमाडौं उपत्यका लगायतका जिल्लामा पछिल्लो पटक आएको बाढी, डुबान र पहिरोबाट जनता प्रभावित र पीडित भएपछि सरकार छ कि छैन भन्ने अवस्था सिर्जना भएको दाहालको भनाइ थियो । आफू पीडित जनताकोमा जाँदा सरकार अनुपस्थित देखेपछि सर्वदलीय बैठक आह्वान गरेको दाहालले बताए । 'मैले सर्वदलीय बैठक बोलाए, बोलाउनुपर्थ्यो सरकारले । सरकारले त्यो वास्ता नगरेपछि मैले बोलाए । मैले सर्वदलीय बैठक बोलाएको ३ घण्टापछि सरकारले बोलाउन बाध्य भयो,' उनले भने, 'हामीले गर्न खोजेका राम्रा कामहरूको परिणाम र अहिलेको सरकारले गरेका नराम्रा कामहरूको परिणामबारे अहिले जनताले नयाँ विकल्पतिर सोच्न थालेको महसुस गर्छु ।'

दाहालले माओवादी केन्द्रले महिला, दलित, आदिवासी, मधेसी, जनजाती, थारुलाई अधिकार सम्पन्न गर्न खेलेको भूमिकालाई लिएर सकारात्मक रूपमा हेरेको बताए ।


माओवादी केन्द्रले ७५३ स्थानीय तहमा खबरदारी सभा गर्ने तयारी गरिरहको पनि दाहालले जानकारी दिए । उनले मेची-महाकाली अभियान चलाउन लागेको पनि बताए । उनले राजनीतिक स्थिरिताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको नारासहित आफू देशव्यापी अभियानमा जान लागेको बताए ।

माओवादी र अन्य राजनीतिक दल एकै नभएको दाहालको भनाइ थियो । कांग्रेस-एमाले र माओवादी उस्तै-उस्तै नभएको दाहालको भनाइ थियो । 'नेपालमा गणतन्त्र सम्भव छैन भनेर बयलगाडाको सिद्धान्त ल्याउने र गणतन्त्र नल्याइ छोडिँदैन भनेर हजारौंको बलिदान दिने उस्तै-उस्तै हुन् त ?, हुँदै होइनन्,' दाहालले भने । माओवादी केन्द्रले विगतमा एमाले र कांग्रेससँग सत्ता सहकार्य गरेकोमा आत्मसमीक्षा गरिरहेको दाहालले बताए ।

आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा ३० हजारसम्मको ऋण मिनाहा गरेर जनतालाई राहत दिएको र दोस्रो पटकमा उज्यालो नेपालको अवधारणा अनुरूप लोडसेडिङ अन्त्य गरेको दाहालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लुम्बिनी सरकारले प्रदेशका पर्यटकीय स्थलमा घुम्न आउने बाह्य पर्यटकलाई हुने पटके चेकिङको सास्ती हटाउने भएको छ। पर्यटनहरूले पटके चेकले सास्ती बनाएको गुनासो पछि यो नीति लिन लागिएको उद्योग , पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बताए। लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको बलियो आधार यहाँको पर्यटकीय क्षेत्रलाई मानिँदै आएको छ। प्रदेश सरकारले पर्यटन प्रवर्द्धनलाई ...
— सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने, राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको बताए। उनले ...
: राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन्। अजरबैजानको बाकु सहरमा कात्तिक २६ गतेदेखि सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप-२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा आह्वान गरेका हुन्। 'नगन्य ...
: वन मुद्दामा दाङको राजपुर गाउँपालिका-७ का वडाध्यक्ष पुस्कर वली पक्राउ परेका छन्। वडाध्यक्षसहित ६ जनालाई डिभिजन वन कार्यालय दाङ (देउखुरीले ) पक्राउ गरी अनुसन्धान थालेको छ। झन्डै दुई वर्ष अगाडि वडाध्यक्षको मिलेमतोमा कानुनी प्रक्रिया बेगर वनका रुख काटेको भन्ने उजुरी अख्तियारमा परेको थियो। त्यस पछि उनीहरूमा अनुसन्धान सुरु भएको थियो। अख्तियारले सत्य तथ्य छानबिन ...
— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताएका छन् । मन्त्री गुरुङले सोमबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विद्युत आपूर्ति बन्द गरेका उद्योगहरुमा लाइन जोड्ने सरकारको निर्णयमाथि नेपाल विद्युत प्राधिकरणका कर्मचारीले निर्णय नमान्ने भनेका छन् भन्ने प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनले सरकारले गरेका ...