मुख्य समाचार
काठमाडौंको चाबहिलमा रहेको एक इन्टेरियर गोदाममा आगलागी हुँदा लाखौंको क्षति
काठमाडौंको चाबहिलमा रहेको एक इन्टेरियर गोदाममा आगलागी हुँदा लाखौंको क्षति

: काठमाडौंको चाबहिलमा रहेको एक इन्टेरियर गोदाममा आगलागी हुँदा लाखौंको क्षति भएको छ। आइतबार मध्यान्ह चाबहिलको सरस्वतीनगरस्थित इन्टेरियर गोदाममा आगो लागेको हो।

आगलागीका कारण गोदाममा रहेको फर्निचर, सजावटका सामाग्री, विधुतिय सामाग्री, प्लाई लगायतका सामाग्री जलेर नष्ट भएको छ। आगलागीले वरपरका अन्य घरहरूमा समेत केहि क्षति पुर्‍याएको छ।

आगलागी भएपछि सेना, प्रहरी, सशस्त्र प्रहरी लगायत उपत्यकाका तीनै जिल्लाका बारुण यन्त्रको सहायताले करिब दुई घण्टापछि नियन्त्रणमा लिएको थियो।

इन्टेरियर कम्पनी आटर्स इन्टरनेशनल प्रालिका सञ्चालन सञ्जिव भण्डारीले आगालागीका समयमा गोदाममा कोही कामदार नभएको र कसरी आगो लाग्यो भन्ने अन्योलमा रहेको बताए। आगलागीका कारण ठूलो क्षति भएको उनले बताए।

आगलागका कारण भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हरिबोधिनी एकादशीको अवसरमा मंगलबार पोखराको सेती नदी किनारमा फूल तार्ने र पूजा गर्नेको भिड लागेको छ । पोखराको रामघाट लगायत सेती नदीमा हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुको भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा मंगलबार दामोदरसँग विहाव गरी यो पर्व मनाउने क्रममा सेती नदीमा फूल तारेका हुन् । भक्तजनले ...
— नेकपा (माओवादी केन्द्र) ले मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकताबद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ । सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्देशन दिएको हो । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसहरुलाई अनुमोदन गरेको पनि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले ...
: लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०८१/०८२ को बजेटमा प्यूठानको झिमरुक–७ को पिडाल्नेदेखि समाधिस्थलसम्म सडक बनाउन बजेट छुट्टयायो–५ लाख। यति बजेट त पालिकाका वडाले नै विनियोजन गर्ने अधिकार राख्छन्। तर, सोही वडाकी प्रदेश सदस्य निमा गिरीको पहलमा उक्त सडकमा बजेट छुट्टयाइएको थियो। अर्को उदाहरण हेरौं, प्यूठानकै ४ नम्बर वडाको गौमुखी जाने बाटोका लागि छुट्ट्याइएको रकम। त्यसमा ...
। सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ । मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ‘आजको बयान साँझ पौने ६ बजेसम्म गरेर स्थगित भयो, भोलि कार्यालय समय सुरु भएपछि ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्धको कानुनी लडाइँमा अडिग भएर लड्ने जनाएको छ । सभापति लामिछानेलाई उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालले सोमबार भेटेपछि मंगलबार विज्ञप्ति निकालेर रास्वपाले सो जानकारी दिएको हो । उसभापतिद्वयसँगको भेटमा सभापति लामिछानेको अभिव्यक्ति उधृत गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘मेरो कानुनी लडाइँ म लड्न सक्षम छु, तर अब तपाईंहरु ढिला ...