मुख्य समाचार
सरकार ‘कम्फर्टेबल’ अवस्थामा भएको बताए
सरकार ‘कम्फर्टेबल’ अवस्थामा भएको बताए

— प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘कम्फर्टेबल’ अवस्थामा भएको बताएका छन् । प्रतिपक्षी दलले सरकारको आयुबारे प्रश्न उठाइरहेका बेला ओलीले शनिबार एमाले केन्द्रीय सचिवालयको बैठकमा विगतभन्दा सरकार सञ्चालन सहज भएको बताएका हुन् ।



कांग्रेस–एमाले गठबन्धन सरकार बनेको चार महिनामा आफूले प्रधानमन्त्रीका रूपमा निर्णय गर्न समस्या नभएको ओलीले बैठकमा सुनाएका थिए । ‘सरकार कम्फर्टेबल अवस्थामा छ । मैले विगतभन्दा काम गर्न सहज महसुस गरेको छु,’ ओलीको भनाइ उद्धृत गर्दै एक एमाले नेताले भने, ‘प्रधानमन्त्रीका रूपमा निर्णय गर्न कुनै कठिनाइ छैन ।’


सरकारका कामकारबाहीलाई अझ प्रभावकारी बनाउन दुई दलीय संयन्त्र निर्माण भएको उल्लेख गर्दै ओलीले यसले सरकारलाई समन्वय र सहयोग गर्ने बताएका थिए । कांग्रेस र एमालेले गत साता प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मातहत रहने गरी संयन्त्र निर्माण गरेका थिए । ओलीले मंसिर १७ देखि चारदिने चीन भ्रमणको तयारी भइरहेको जानकारी दिँदै यसले दुई देशबीच सम्बन्ध विस्तार गर्न थप बल पुग्ने बताए ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ओलीको चीन भ्रमणमा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनमा सम्झौता हुने सम्भावना रहेको बताए । ‘बीआरआई सम्झौता भए पनि नेपालमा यसअन्तर्गका कुनै पनि परियोजना अघि बढ्न सकेका छैनन्,’ उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई कार्यान्वयनमा समझदारी हुने सम्भावना छ ।’ प्रधानमन्त्रीको भ्रमणअघि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा १५ सदस्यीय टोलीले कात्तिक २६ देखि चीनको १० दिने भ्रमण गर्ने सचिवालय बैठकमा जानकारी गराइएको थियो ।

एमाले सचिवालयमा अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि सम्भावित भूराजनीतिबारे पनि छलफल भएको थियो । बैठकमा ओलीले ट्रम्पले अन्य देशको युद्धमा आर्थिक सहयोग नगर्ने प्रतिबद्धता जनाएकाले तेस्रो विश्वयुद्धको त्रास हटेको बताएका थिए । ओलीले हालै भारत र चीनबीच सीमा क्षेत्रमा सैनिक गस्तीबारे भएको सम्झौताले सकरात्मक सन्देश दिएको बैठकमा जनाए । ‘यो सम्झौता सकरात्मक छ । यसले दक्षिण एशियाको भूराजनीति सन्तुलन ल्याउन सकारात्मक काम गर्छ’ ओलीको भनाइ थियो ।

उपनिर्वाचनका उम्मेदवार टुंगो

एमालेले मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाएको छ । सचिवालय बैठकले प्रदेश र जिल्ला कमिटीले गरेको सिफारिशलाई अनुमोदन गर्दै उम्मेदवार टुंग्याएको एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्य निरज आचार्य जानकारी दिए ।


काठमाडौं कीर्तिपुर नगरपालिका प्रमुखको उम्मेदवारमा सुरेन्द्र मानन्धर, मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वास, गौरीशंकर गाउँपालिका उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा, रुकुम पूर्व पुथाउत्तरगंगा गाउापालिका उपाध्यक्षमा केशकुमारी तुलाचन, जाजरकोट नलगाड नगरपालिका उपप्रमुखमा सुनिता बोहरा, हुम्ला सर्केगाड गाउापालिका उपाध्यक्षमा जाना शाही र बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्षको उम्मेदवारमा सुलोचना कुमारी भण्डारीको नाम अनुमोदन गरिएको छ ।

एमालेले विभिन्न पालिकाका ३४ वडाध्यक्षका उम्मेदवार पनि टुंगो लगाएको छ । एमालेले स्थानीय तह उपनिर्वाचनलाई लक्षित गरी मंसिर ७ मा काठमाडौमा सभा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने, राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको बताए। उनले ...
: राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन्। अजरबैजानको बाकु सहरमा कात्तिक २६ गतेदेखि सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप-२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा आह्वान गरेका हुन्। 'नगन्य ...
: वन मुद्दामा दाङको राजपुर गाउँपालिका-७ का वडाध्यक्ष पुस्कर वली पक्राउ परेका छन्। वडाध्यक्षसहित ६ जनालाई डिभिजन वन कार्यालय दाङ (देउखुरीले ) पक्राउ गरी अनुसन्धान थालेको छ। झन्डै दुई वर्ष अगाडि वडाध्यक्षको मिलेमतोमा कानुनी प्रक्रिया बेगर वनका रुख काटेको भन्ने उजुरी अख्तियारमा परेको थियो। त्यस पछि उनीहरूमा अनुसन्धान सुरु भएको थियो। अख्तियारले सत्य तथ्य छानबिन ...
— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताएका छन् । मन्त्री गुरुङले सोमबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विद्युत आपूर्ति बन्द गरेका उद्योगहरुमा लाइन जोड्ने सरकारको निर्णयमाथि नेपाल विद्युत प्राधिकरणका कर्मचारीले निर्णय नमान्ने भनेका छन् भन्ने प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनले सरकारले गरेका ...
: जाजरकोटमा मंगलबार अर्को सडक दुर्घटना भएको छ। फोर्स गाडी र जिप एक आपसमा ठोकिँदा चार जना घाइते भएका छन्। जाजरकोट भेरी नगरपालिका-१२ रातोपोखरास्थित छिन्चु जाजरकोट सडक खण्डमा दुर्घटना भएको हो। सोमबार मात्र दुई छुट्टाछुट्टै दुर्घटनामा ३९ जना घाइते भएका थिए। एकपछि अर्को दुर्घटना हुन थालेपछि स्थानीय चिन्तामा परेका छन्। नेपालगन्जबाट जाजरकोट तर्फ आउँदै गरेको लु ...