मुख्य समाचार
सिरहा कारागार प्रकरण : डीएसपीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन
सिरहा कारागार प्रकरण : डीएसपीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन

— सिरहा कारागार प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।



इलाका प्रहरी कार्यालय, लहानका प्रमुखसमेत रहेका डीएसपी विष्णुप्रसाद सोतीको नेतृत्वमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहने गरी पाँच सदस्यीय समिति गठन भएको सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए ।


दाहालका अनुसार, छानबिन समितिले सोमबारदेखि काम थाल्नेछ भने १५ दिनभित्र जिल्ला सुरक्षा समितिमा प्रतिवेदन बुझाउनेछ । छानबिन समितिले बुझाउने अनुसन्धान प्रतिवेदनका आधारमा कानुनी कारवाही प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

सिरहा कारागारभित्रै कारागारका मूलनाइके विजय महतो र नाइके इन्द्रजीत यादव मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घटना कान्तिपुरले प्रमाणसहित गत बुधबार सार्वजनिक गरेको थियो । यस्तै, यस कारागारमा पाँच गुणासम्म मूल्यमा लागूऔषधसहित बाहिर पाइने सबै कुरा उपलब्ध हुने तथ्य पनि कान्तिपुरले खुलासा गरेको थियो ।

यसैगरी, पैसा तिरेर कारागारका कैदीहरू बाहिर पनि निस्कन पाउने, फोनका नाममा कैदीबाट मनलाग्दी असुली हुने, कारागारभित्रै पसल खोलेर कैदीहरूमाथि लुट हुँदै आएको, चौकीदार र प्रशासन मिलेर महिनाकै २० लाखबढी उठाउने गरेकोलगायतका विषय पनि समाचारमार्फत् सार्वजनिक भएको थियो ।

सिरहा कारागारमा ४ घण्टा 'सर्च अपरेसन' : सुर्ती, चुरोटलगायतका वस्तु बरामद

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जाजरकोटमा मंगलबार अर्को सडक दुर्घटना भएको छ। फोर्स गाडी र जिप एक आपसमा ठोकिँदा चार जना घाइते भएका छन्। जाजरकोट भेरी नगरपालिका-१२ रातोपोखरास्थित छिन्चु जाजरकोट सडक खण्डमा दुर्घटना भएको हो। सोमबार मात्र दुई छुट्टाछुट्टै दुर्घटनामा ३९ जना घाइते भएका थिए। एकपछि अर्को दुर्घटना हुन थालेपछि स्थानीय चिन्तामा परेका छन्। नेपालगन्जबाट जाजरकोट तर्फ आउँदै गरेको लु ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोमबार लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयबमोजिम मन्त्रालयले सोमबार प्रतिवेदन सार्वजनिक गरेको हो। डेडिकेटेड तथा ट्रंकलाइन विवाद सुल्झाउन अघिल्लो सरकारले गत माघ २४ गतेसर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले यही वैशाख २७ गते ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन्। नेपालमा थारू समुदायमा यो रोग बढी देखिने गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले इमानदार र लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकाले उत्पादित नयाँ चिकित्सकहरुलाई सिकलसेलको ...
: डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा उद्योगमा काटिएका विद्युत्का लाइन जोडिएका छन् । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकले काटिएका लाइन जोड्ने निर्णय गरेको हो । सञ्चालक समिति बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासहित ऊर्जासचिव सुरेश आचार्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतको उपस्थिति रहेको थियो । सरकारले आइतबार नै उद्योगका काटिएका ...
: हरिबोधिनी एकादशीको अवसरमा मंगलबार पोखराको सेती नदी किनारमा फूल तार्ने र पूजा गर्नेको भिड लागेको छ । पोखराको रामघाट लगायत सेती नदीमा हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुको भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा मंगलबार दामोदरसँग विहाव गरी यो पर्व मनाउने क्रममा सेती नदीमा फूल तारेका हुन् । भक्तजनले ...