मुख्य समाचार
प्रहरीले तस्करीको कपडा र कपडा ओसारपसारमा प्रयोग गरिएको अटो टेम्पोसहित तीन जनालाई पक्राउ
प्रहरीले तस्करीको कपडा र कपडा ओसारपसारमा प्रयोग गरिएको अटो टेम्पोसहित तीन जनालाई पक्राउ

: मोरङबाट प्रहरीले तस्करीको कपडा र कपडा ओसारपसारमा प्रयोग गरिएको अटो टेम्पोसहित तीन जनालाई पक्राउ गरेको छ।



मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार कपडा तस्करीमा संलग्न विराटनगर महानगरपालिका–१५ का २८ वर्षीय तबरेज अन्सारी, २२ वर्षीय अभिषेक चौधरी र अटो चालक ३५ वर्षीय ओमजित साहलाई पक्राउ गरिएको हो। तीनै जनालाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–४ स्थित बक्राहा पुलबाट शनिबार पक्राउ गरिएको उनले बताए।

जोशीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ह ६३०९ नम्बरको अटो नियन्त्रणमा लिएर खानतलासी गर्दा भन्सार छली गरेर ल्याइएको अवैध कपडा फेला परेको थियो। अटोमा रहेकाहरुले कपडा खरिद गरेको बिल देखाउन नसकेपछि कपडा र अटोलाई नियन्त्रणमा लिँदै प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो।



अटोबाट १ हजार ९२ थान टप्स र २० थान कुर्ता सलवार बरामद गरिएको जानकारी जोशीले दिए। बरामद कपडा करिब ३ लाख ३७ हजार ६ सय र अटो २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ।

बरामद भएको कपडा र नियन्त्रणमा लिएको अटोसहित तीनै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको डीएसपी जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन्। नेपालमा थारू समुदायमा यो रोग बढी देखिने गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले इमानदार र लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकाले उत्पादित नयाँ चिकित्सकहरुलाई सिकलसेलको ...
: डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा उद्योगमा काटिएका विद्युत्का लाइन जोडिएका छन् । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकले काटिएका लाइन जोड्ने निर्णय गरेको हो । सञ्चालक समिति बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासहित ऊर्जासचिव सुरेश आचार्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतको उपस्थिति रहेको थियो । सरकारले आइतबार नै उद्योगका काटिएका ...
: हरिबोधिनी एकादशीको अवसरमा मंगलबार पोखराको सेती नदी किनारमा फूल तार्ने र पूजा गर्नेको भिड लागेको छ । पोखराको रामघाट लगायत सेती नदीमा हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुको भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा मंगलबार दामोदरसँग विहाव गरी यो पर्व मनाउने क्रममा सेती नदीमा फूल तारेका हुन् । भक्तजनले ...
— नेकपा (माओवादी केन्द्र) ले मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकताबद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ । सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्देशन दिएको हो । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसहरुलाई अनुमोदन गरेको पनि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले ...
: लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०८१/०८२ को बजेटमा प्यूठानको झिमरुक–७ को पिडाल्नेदेखि समाधिस्थलसम्म सडक बनाउन बजेट छुट्टयायो–५ लाख। यति बजेट त पालिकाका वडाले नै विनियोजन गर्ने अधिकार राख्छन्। तर, सोही वडाकी प्रदेश सदस्य निमा गिरीको पहलमा उक्त सडकमा बजेट छुट्टयाइएको थियो। अर्को उदाहरण हेरौं, प्यूठानकै ४ नम्बर वडाको गौमुखी जाने बाटोका लागि छुट्ट्याइएको रकम। त्यसमा ...