मुख्य समाचार
सुर्खेतमा रहेको पुरातात्विक तथा ऐतिहासिक महत्वको काँक्रेविहार क्षेत्रमा वनभोज खान रोक
सुर्खेतमा रहेको पुरातात्विक तथा ऐतिहासिक महत्वको काँक्रेविहार क्षेत्रमा वनभोज खान रोक

: सुर्खेतमा रहेको पुरातात्विक तथा ऐतिहासिक महत्वको काँक्रेविहार क्षेत्रमा वनभोज खान रोक लगाइएको छ। कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल काँक्रेविहार क्षेत्र वन्यजन्तुको बासस्थान पनि हो। तर पछिल्ला वर्षमा यहाँ पुग्ने पर्यटक र वनभोज खानेहरूको भीडले वन्यजन्तु असुरक्षित भएपछि काँक्रेविहार क्षेत्रमा वनभोज खान र रमाइलो गर्न रोक लगाइएको हो।



वीरेन्द्रनगर नगरपालिकाको वडा नं ९ मा रहेको काँक्रेविहारमा संरक्षित वन पनि रहेको छ। त्यही वनमा जरायो, खरायो, दुम्सी र स्याल लगायतका वन्यजन्तु पाइन्छन्। काँक्रेविहारमा रहेको ऐतिहासिक मन्दिर र वन्यजन्तुको अवलोकनका लागि पर्यटकहरू आउने गर्दछन्। तर संरक्षित क्षेत्रभित्र वनभोज खाने, रमाइलो गर्ने र होहल्ला गर्ने जस्ता मानवीय क्रियाकलाप बढेपछि यहाँका वन्यजन्तु असुरक्षित बनेको डिभिजन वन कार्यालयले जनाएको छ।

वन्यजन्तु असुरक्षित भएपछि काँक्रेविहार क्षेत्रमा वनभोज खान, रमाइलो गर्न र होहल्ला गर्न रोक लगाइएको कार्यालयले बताएको हो। डिभिजन वन कार्यालय सुर्खेतलेसूचना जारीगरी काँक्रेविहार संरक्षण क्षेत्रभित्र रहेका वन्यजन्तुको सुरक्षाका लागि वनभोज खान रोक लगाएको हो। डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले भने,‘काँक्रेविहार संरक्षित वन क्षेत्र पनि हो, यो यस क्षेत्रको मुख्य पर्यटकीय स्थल हो। तर मानवीय क्रियाकलापले गर्दा यहाँ रहेका वन्यजन्तु असुरक्षित बने, वन्यजन्तु भागेर अन्यत्र जान थालेपछि वनभोज र रमाइलो गर्न रोक लगाएका हौं।’



उनका अनुसार वनभोज खाँदा हुने होहल्लाका कारण वन्यजन्तुको असुरक्षा बढ्ने, संरक्षित क्षेत्रमा फोहोर र दुर्गन्ध फैलिएको तथा होहल्ला बढ्ने भएकोले अबदेखि काँक्रेविहार क्षेत्रमा वनभोज खान तथा रमाइलो गर्न पूर्णरुपमा रोक लगाइएको हो। वीरेन्द्रनगरको बीच भागमा अवस्थित भएकाले पनि पर्यटक काँक्रेविहारमा वनभोज खाने र रमाइलो गर्थे।

संरक्षित क्षेत्रभित्र हुने वनभोज, पार्टी र होहल्ला जस्ता गतिविधिले वन्यजन्तु त्रसित भएको र जैविक विविधतामा नकारात्मक प्रभाव परेकाले यस्ता गतिविधिमा रोक लगाइएको कार्यालयले जानकारी दिएको छ। यदी अटेर गरी त्यस्ता गतिविधि गरेमा वन ऐन २०७६ बमोजिम कारबाही गर्ने चेतावनी पनि डिभिजन वन कार्यालयले दिएको छ। विगतदेखि नै काँक्रेविहार क्षेत्रमा वनभोज, पार्टीजस्ता होहल्ला हुने गतिविधिमाथि रोक लगाउन आवाज उठेको थियो।

वीरेन्द्रनगर नगरपालिका र वडा नं. ९ सँग समन्वय गरी वनभोज र पार्टीजस्ता गतिविधिमाथि रोक लगाउने निर्णय गरिएको डिभिजन वन अधिकृत श्रेष्ठले बताए। काँक्रेविहार क्षेत्र रहेको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ऋषि गिरीले स्थानीयको माग, वडा तथा नगरपालिकाको समन्वयमा डिभिजन वन कार्यालयले काँक्रेविहारमा वनभोजमा रोक लगाउने निर्णय गरेको बताए।

वनभोज जस्ता क्रियाकलापमा रोक लगाएसँगै अब वन्यजन्तुहरूको सुरक्षा हुने, फोहोर तथा दुर्गन्ध नहुने र ऐतिहासिक स्थलको गरिमा पनि बढ्ने उनको दाबी छ। काँक्रेविहार क्षेत्रमा दसैँ र तिहारपछि तथा बिदाको बेला वनभोज खानेहरू जाने गर्दथे। यसले पनि यहाँका वन्यजन्तु असुरक्षित थिए। पछिल्लो समय काँक्रेविहारमा रहेका जरायोको चोरी सिकारी पनि बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कतारको राजधानी दोहाबाट विश्वका १ सय ७० भन्दा बढी गन्तव्यमा उडान भर्ने अनि आठ वर्षदेखि विश्वमै उत्कृष्ट एयरलाइन्समा आफ्नो स्थान बनाएको कतार एयरवेजले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै छ । योसहित अब भैरहवामा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ५ पुगेको छ । ३५ अर्ब ६६ करोड लगानी भएको भैरहवामा उडान गर्न एक साताअघि ...
: लुम्बिनी सरकारले प्रदेशका पर्यटकीय स्थलमा घुम्न आउने बाह्य पर्यटकलाई हुने पटके चेकिङको सास्ती हटाउने भएको छ। पर्यटनहरूले पटके चेकले सास्ती बनाएको गुनासो पछि यो नीति लिन लागिएको उद्योग , पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बताए। लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको बलियो आधार यहाँको पर्यटकीय क्षेत्रलाई मानिँदै आएको छ। प्रदेश सरकारले पर्यटन प्रवर्द्धनलाई ...
— सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने, राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको बताए। उनले ...
: राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन्। अजरबैजानको बाकु सहरमा कात्तिक २६ गतेदेखि सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप-२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा आह्वान गरेका हुन्। 'नगन्य ...
: वन मुद्दामा दाङको राजपुर गाउँपालिका-७ का वडाध्यक्ष पुस्कर वली पक्राउ परेका छन्। वडाध्यक्षसहित ६ जनालाई डिभिजन वन कार्यालय दाङ (देउखुरीले ) पक्राउ गरी अनुसन्धान थालेको छ। झन्डै दुई वर्ष अगाडि वडाध्यक्षको मिलेमतोमा कानुनी प्रक्रिया बेगर वनका रुख काटेको भन्ने उजुरी अख्तियारमा परेको थियो। त्यस पछि उनीहरूमा अनुसन्धान सुरु भएको थियो। अख्तियारले सत्य तथ्य छानबिन ...