मुख्य समाचार
प्रचण्डले निर्वाचन प्रणालीको स्वरूप परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था ल्याउनुपर्ने बताए
प्रचण्डले निर्वाचन प्रणालीको स्वरूप परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था ल्याउनुपर्ने बताए

: नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रणालीको स्वरूप परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था ल्याउनुपर्ने बताएका छन् । मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबारहीमा भएको आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले देशमा स्थिरता कायम गर्न प्रत्यक्ष कार्यकारीमा जान संविधान संशोधन गर्न सकिने बताएका हुन् ।



नेपालको निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन नभएसम्म देशमा स्थिर शासन र देशको विकास नहुने उनको भनाई छ । ‘अबको व्यवस्थामा सांसदलाई मन्त्री बनाउने व्यवस्था हटाउनुपर्छ । विज्ञ समूहबाट मन्त्री बनाउनुपर्छ’, उनले भने ।

अहिलेको सरकारले प्राप्त अधिकार र उपलब्धिलाई खोस्ने गरी संविधान संशोधन गर्न खोजेको देखिएको भन्दै प्रचण्डले माओवादीले उक्त अवस्था आउन नदिने बताए । सहकारी ठगीको विषयमा सरकारले राजनीतिक रूपमा प्रतिस्पर्धामा रहेको शक्तिलाई कमजोर बनाउने खेलमा सक्रिय भएको उनले आरोप लगाए । आफ्नो र पराईको व्यवहार नगरी ठगीको विषयमा सबै पक्षमा अनुसन्धान हुनुपर्ने दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरूलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरूलाई सुधार्ने गरी अगाडि बढ्न निर्देशन दिएका हुन्। null उनले वैदेशिक मुद्राको ...
— वाग्मती प्रदेश सरकारले मन्त्रालय फुटाएको छ । बिनाविभागीय मन्त्री रहेका मधु श्रेष्ठलाई जिम्मेवारी तोक्नका लागि बहादुरसिंह लामा नेतृत्वको सरकारले मन्त्रालय विभाजन गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी नयाँ मन्त्रालय खडा गरेको हो । अब सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय वाग्मती प्रदेशमा नयाँ बनेको छ । यस ...
: कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले मन्त्री अधिकारीसहित ९ जनालाई ७ दिनको म्याद थपेका हुन्। मानव बेचबिखन तथा ओसारपसारमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध अनुसन्धान गरिरहेको छ। जापान भ्रमणसम्बन्धी विवादमा मुछिएपछि कोशीको अधिकारीले कोशीको आन्तरिक मामिला तथा कानुनमन्त्री ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन् । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताए । अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपीपी) मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजेको भन्ने प्रमुख ...
: सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना सय दिनको प्रगति सार्वजनिक गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद्का अधिकांश मन्त्रीहरू राखेर मंगलबार विहान पत्रकार सम्मेलनको आयोजना गर्दै सय दिनको प्रगति सार्वजनिक गरेका हुन्। बजेटविहीनताको अवस्थामा बनेको प्रदेश सरकारले चुनौतीका बावजुद पनि साढे १८ किलोमिटर पक्की सडक, २७ किलोमिटर ग्राभेल सडक, २ वटा पुल र ८९ वटा खानेपानी आयोजनाहरू सम्पन्न ...