मुख्य समाचार
भारतको नक्कली आधार कार्ड बनाएर बंगलादेशी नागरिकलाई नेपाल छिराउने गिरोह सक्रिय
भारतको नक्कली आधार कार्ड बनाएर बंगलादेशी नागरिकलाई नेपाल छिराउने गिरोह सक्रिय

— बंगलादेशीलाई भारतको नक्कली आधार कार्ड बनाएर अवैध रूपमा नेपाल प्रवेश गराउने गरेको खुलेको छ । नक्कली आधार कार्ड बनाएर बंगलादेशीलाई नेपाल छिराउने गिरोहका एक जना पक्राउ परेपछि यो खुलासा भएको हो ।

भारत–नेपाल सीमामा नक्कली आधार कार्ड बनाएर बंगलादेशीलाई नेपाल छिराउने गिरोहमध्येका एक भारतीय नागरिक सोनाई सरकारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । गोप्य सूचनाका आधारमा खोरीबारीको बतासी बदराजोतस्थित एक अनलाइन सेन्टरमा प्रहरीले छापा मारेको थियो । त्यस क्रममा तीन थान नक्कली आधार कार्डसहित कम्प्यूटर, हार्ड डिस्क र प्रिण्टर प्रहरीले जफत गरेको छ ।


अभियुक्त सरकारलाई शनिबार सिलिगुडी अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

अभियुक्तलाई यसअघि गत २ अक्टोबर २०२३ मा बंगलादेशी नागरिकलाई अवैध आधार कार्ड बेचेको आरोपमा पक्राउ गरेर छाडिएको थियो । नक्सलबारी प्रहरी चौकीकी उपप्रमुख नेहा जैनले छापा मारेका स्थानमा केही नेपाली समेत नक्कली आधार कार्ड बनाउन पुगेको बताइन् । नक्कली आधार कार्ड बनाएबापत गिरोहले १० देखि २० हजार भारुसम्म असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

खासगरी पूर्वी नाका वारपार गर्न भारतीय सुरक्षाकर्मीले अनिवार्य रूपमा परिचय पत्र माग्ने गरेका छन् । जसका कारण बंगलादेशी, भुटानी, बर्मेली र रोहिङग्या शरणार्थीहरू नक्कली आधार कार्डका आधारमा निर्वाध नेपाल आउजाउ गर्दै आएका छन् । यसले नेपाल र भारत दुवैतिर सीमा सुरक्षामा गम्भीर चुनौती पैदा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले मन्त्री अधिकारीसहित ९ जनालाई ७ दिनको म्याद थपेका हुन्। मानव बेचबिखन तथा ओसारपसारमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध अनुसन्धान गरिरहेको छ। जापान भ्रमणसम्बन्धी विवादमा मुछिएपछि कोशीको अधिकारीले कोशीको आन्तरिक मामिला तथा कानुनमन्त्री ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन् । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताए । अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपीपी) मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजेको भन्ने प्रमुख ...
: सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना सय दिनको प्रगति सार्वजनिक गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद्का अधिकांश मन्त्रीहरू राखेर मंगलबार विहान पत्रकार सम्मेलनको आयोजना गर्दै सय दिनको प्रगति सार्वजनिक गरेका हुन्। बजेटविहीनताको अवस्थामा बनेको प्रदेश सरकारले चुनौतीका बावजुद पनि साढे १८ किलोमिटर पक्की सडक, २७ किलोमिटर ग्राभेल सडक, २ वटा पुल र ८९ वटा खानेपानी आयोजनाहरू सम्पन्न ...
— कतारको राजधानी दोहाबाट विश्वका १ सय ७० भन्दा बढी गन्तव्यमा उडान भर्ने अनि आठ वर्षदेखि विश्वमै उत्कृष्ट एयरलाइन्समा आफ्नो स्थान बनाएको कतार एयरवेजले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै छ । योसहित अब भैरहवामा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ५ पुगेको छ । ३५ अर्ब ६६ करोड लगानी भएको भैरहवामा उडान गर्न एक साताअघि ...
: लुम्बिनी सरकारले प्रदेशका पर्यटकीय स्थलमा घुम्न आउने बाह्य पर्यटकलाई हुने पटके चेकिङको सास्ती हटाउने भएको छ। पर्यटनहरूले पटके चेकले सास्ती बनाएको गुनासो पछि यो नीति लिन लागिएको उद्योग , पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बताए। लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको बलियो आधार यहाँको पर्यटकीय क्षेत्रलाई मानिँदै आएको छ। प्रदेश सरकारले पर्यटन प्रवर्द्धनलाई ...