मुख्य समाचार
हाम्रा साथीहरूलाई पनि मुद्दा चलाइएको छ, हामीले होहल्ला गरेका छैनौँ : देउवा
हाम्रा साथीहरूलाई पनि मुद्दा चलाइएको छ, हामीले होहल्ला गरेका छैनौँ : देउवा

— कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारमा कुनै समस्या नभएको बताएका छन् । सुदूरपश्चिमको भ्रमणको सिलसिलामा आइतबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री देउवाले सहकारी प्रकरणलाई लिएर रवि लामिछानेविरुद्धको अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा सम्बन्धित पक्षले अदालतमाथि विश्वास गर्नुपर्नेसमेत बताए ।



'हाम्रा साथीहरूलाई पनि मुद्दा चलाइएको छ, देउवाले भने, ' तर हामीले कहिल्यै हो हल्ला गरेनौं, अदालतको कानुनी प्रक्रियामाथि विश्वास गरेका छौँ ।' सभापति देउवाले यो सरकार २०८४ सम्मै टिक्ने बताए ।


पूर्वप्रधानमन्त्री देउवा करिब १ साता सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा रहने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गृहजिल्ला डडेलधुरालगायत कैलाली र कञ्चनपुरमा सञ्चालित विकास निर्माण आयोजनाको स्थलगत निरीक्षण तथा पार्टी कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेकोसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले मन्त्री अधिकारीसहित ९ जनालाई ७ दिनको म्याद थपेका हुन्। मानव बेचबिखन तथा ओसारपसारमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध अनुसन्धान गरिरहेको छ। जापान भ्रमणसम्बन्धी विवादमा मुछिएपछि कोशीको अधिकारीले कोशीको आन्तरिक मामिला तथा कानुनमन्त्री ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन् । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताए । अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपीपी) मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजेको भन्ने प्रमुख ...
: सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना सय दिनको प्रगति सार्वजनिक गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद्का अधिकांश मन्त्रीहरू राखेर मंगलबार विहान पत्रकार सम्मेलनको आयोजना गर्दै सय दिनको प्रगति सार्वजनिक गरेका हुन्। बजेटविहीनताको अवस्थामा बनेको प्रदेश सरकारले चुनौतीका बावजुद पनि साढे १८ किलोमिटर पक्की सडक, २७ किलोमिटर ग्राभेल सडक, २ वटा पुल र ८९ वटा खानेपानी आयोजनाहरू सम्पन्न ...
— कतारको राजधानी दोहाबाट विश्वका १ सय ७० भन्दा बढी गन्तव्यमा उडान भर्ने अनि आठ वर्षदेखि विश्वमै उत्कृष्ट एयरलाइन्समा आफ्नो स्थान बनाएको कतार एयरवेजले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै छ । योसहित अब भैरहवामा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ५ पुगेको छ । ३५ अर्ब ६६ करोड लगानी भएको भैरहवामा उडान गर्न एक साताअघि ...
: लुम्बिनी सरकारले प्रदेशका पर्यटकीय स्थलमा घुम्न आउने बाह्य पर्यटकलाई हुने पटके चेकिङको सास्ती हटाउने भएको छ। पर्यटनहरूले पटके चेकले सास्ती बनाएको गुनासो पछि यो नीति लिन लागिएको उद्योग , पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बताए। लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको बलियो आधार यहाँको पर्यटकीय क्षेत्रलाई मानिँदै आएको छ। प्रदेश सरकारले पर्यटन प्रवर्द्धनलाई ...