मुख्य समाचार
सरकारलाई सहजीकरण गर्न बागमतीमा कांग्रेस र एमालेले गठन गरे संयन्त्र
सरकारलाई सहजीकरण गर्न बागमतीमा कांग्रेस र एमालेले गठन गरे संयन्त्र

: बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले सरकारका प्राथमिकता कार्यान्वयनमा सहजीकरण गर्न राजनीतिक संयन्त्र गठन गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार बसेको बैठकले दुई दलले एक/एक महिना पालो पालो संयोजन गर्ने गरी संयन्त्र गठन भएको हो।



दुई दलबीच २०८१ साल मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्ने सहमति भएको छ। संयन्त्रमा नेपाली कांग्रेसका तर्फबाट नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सभापति ईन्द्रबहादुर बानियाँ, बागमती प्रदेशको संसदीय दलको नेता एवम् मुख्यमन्त्री बहादुरसिंह तामाङ, उपसभापति चन्द्र महर्जन रहेका छन्। यसैगरी नेकपा (एमाले) बाट बागमती प्रदेशका ईन्चार्ज राजन भट्टराई, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल रहेका छन्।

संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र नेकपा (एमाले) का तर्फवाट एकएक जना रहने सहमति भएको छ। बैठकले बागमती प्रदेशका तेह्र वटै जिल्लामा संयन्त्र निर्माण गर्न दुबै दलका जिल्ला तहसँग समन्वय गरी यथाशीघ्र गठन गर्न निर्देशन दिने, संयन्त्रको बैठक महिनामा कम्तिमा एकपटक अनिवार्य बस्ने र आवश्यकता अनुसार थप बस्न सक्ने निर्णय भएको हो।



दलीय संयन्त्र र बागमती प्रदेश सरकारका मन्त्रीहरूको संयुक्त बैठक आगामी २०८१ मंसिर ३ गते बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालय हेटौंडामा बसी बागमती प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धि र आगामी कार्यक्रमका बारेमा जानकारी लिने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कतारको राजधानी दोहाबाट विश्वका १ सय ७० भन्दा बढी गन्तव्यमा उडान भर्ने अनि आठ वर्षदेखि विश्वमै उत्कृष्ट एयरलाइन्समा आफ्नो स्थान बनाएको कतार एयरवेजले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै छ । योसहित अब भैरहवामा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ५ पुगेको छ । ३५ अर्ब ६६ करोड लगानी भएको भैरहवामा उडान गर्न एक साताअघि ...
: लुम्बिनी सरकारले प्रदेशका पर्यटकीय स्थलमा घुम्न आउने बाह्य पर्यटकलाई हुने पटके चेकिङको सास्ती हटाउने भएको छ। पर्यटनहरूले पटके चेकले सास्ती बनाएको गुनासो पछि यो नीति लिन लागिएको उद्योग , पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बताए। लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको बलियो आधार यहाँको पर्यटकीय क्षेत्रलाई मानिँदै आएको छ। प्रदेश सरकारले पर्यटन प्रवर्द्धनलाई ...
— सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने, राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको बताए। उनले ...
: राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन्। अजरबैजानको बाकु सहरमा कात्तिक २६ गतेदेखि सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप-२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा आह्वान गरेका हुन्। 'नगन्य ...
: वन मुद्दामा दाङको राजपुर गाउँपालिका-७ का वडाध्यक्ष पुस्कर वली पक्राउ परेका छन्। वडाध्यक्षसहित ६ जनालाई डिभिजन वन कार्यालय दाङ (देउखुरीले ) पक्राउ गरी अनुसन्धान थालेको छ। झन्डै दुई वर्ष अगाडि वडाध्यक्षको मिलेमतोमा कानुनी प्रक्रिया बेगर वनका रुख काटेको भन्ने उजुरी अख्तियारमा परेको थियो। त्यस पछि उनीहरूमा अनुसन्धान सुरु भएको थियो। अख्तियारले सत्य तथ्य छानबिन ...