मुख्य समाचार
बुबाको हत्या गर्ने छोरा १५ दिनपछि पक्राउ
बुबाको हत्या गर्ने छोरा १५ दिनपछि पक्राउ

: बुबाको हत्या गर्ने छोरा १५ दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका-७ धारापानी स्थित पुजारी थुम्काका ४४ वर्षीय रामलाल श्रेष्ठ रहेका छन्।

७४ वर्षीय बल बहादुर श्रेष्ठलाई अंशबारे भएको विवादपछि छोराले आग्लोले हानेका थिए। आग्लोले हानेर बुबा ढलेपछि घाँटी थिचेर हत्या गरेको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार राति खाना खाएपछि रामलालले बुबासँग अंश माग गरेका थिए। बुबाले सबै भाइलाई बोलाएपछि मात्र अंश दिने बताएका थिए। यसै विषयमा बाबुछोराबीच भनाभन भयो। त्यस लगत्तै छोराले हँसिया उठाए। तीन/चार पटक बाबुको अनुहारमा प्रहार गरे। त्यसपछि ढोकामा भएको आग्लो निकालेर हाने। बुबा ढलेपछि घाँटी थिचेर हत्या गरे। हत्या गरेर फरार भएका उनलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले कपिलवस्तु जिल्ला अदालतका दुई जना कर्मचारीलाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ । आयोगकी सूचना अधिकारी एवं उपसचिव गीता आचार्यका अनुसार कपिलवस्तु जिल्ला अदालतका कम्युटर अपरेटर विकास पाण्डे र तहसीलदार सन्तोषकुमार मिश्रबाट कपिलवस्तु नगरपालिका–१ गैरीचोकस्थित चिया पसलमा सेवाग्रहीबाट २० हजार घुस लिँदै गर्दा पक्राउ परेका हुन् ...
— राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको राजधानी बाकुमा मंगलबार सुरु जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रको २९ औं सम्मेलन (कोप–२९) मा राष्ट्रपति पौडेलले नेपालका एजेन्डा प्रस्तुत गर्दै विश्व समुदायको ध्यानाकर्षण गराएका हुन् । ‘हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने सबैले ख्याल ...
— गोरखा नगरपालिका–६ बाट प्रहरीले एक लाख १५ हजार नगदसहित १२ जुवाडेलाई पक्राउ गरेको छ । राजु श्रेष्ठ, शंकर विक, सुमन परियार, भुगोल कोइराला, रामबहादुर मालबुल, मनोज श्रेष्ठ, किसानबहादुर गुरुङ, नविन थापा, विनोद कोइराला, ढालबहादुर राना, निमबहादुर घले र दिपेश सुनारलाई प्रहरीले पक्राउ गरेको हो । हारजित हुने गरी जुवा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ ...
— कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई मंगलबार हवाई मार्गबाट भैरहवा ल्याएर जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु गरिएको छ । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछानेमाथि सहकारीको बचत अपचलन र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न भैरहवा ल्याइएको हो । उनीविरुद्ध रूपन्देही जिल्ला अदालतमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी छ । बुटवल उपमहानगरपालिका–९ मा ...
— सुर्खेतको चर्चिच धार्मिक शक्तिपीठ देउती बज्यै मन्दिर परिसरमा पुजारी मृत भेटिएकी छिन् । बुधबार बिहान मुख्य मन्दिरको पूर्वी ढोकामा ५० वर्षकी सरस्वती राजी मृत अस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार राजीको शव सलमा झुण्डिएको अवस्थामा भेटिएको छ । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको उनले बताए । अहिले ...