मुख्य समाचार
कञ्चनपुरमा खैरो हेरोइन र चरेशसहित २ जना पक्राउ
कञ्चनपुरमा खैरो हेरोइन र चरेशसहित २ जना पक्राउ

— कञ्चनपुरको भीमदत्त नगरपालिका १७ बडुवाल टोलबाट खैरो हेरोइन र चरेश सहित २ जना पक्राउ परेका छन् । सोही ठाउँका स्थानीय २४ वर्षीय सुरज नाथ र भीमदत्त नगरपालिका १८ बस्ने ३० वर्षीय प्रकाश चन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुबाट २२ मिलिग्राम खैरो हेरोइन र २ दशमलव २२ ग्राम चरेश बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको राजधानी बाकुमा मंगलबार सुरु जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रको २९ औं सम्मेलन (कोप–२९) मा राष्ट्रपति पौडेलले नेपालका एजेन्डा प्रस्तुत गर्दै विश्व समुदायको ध्यानाकर्षण गराएका हुन् । ‘हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने सबैले ख्याल ...
— गोरखा नगरपालिका–६ बाट प्रहरीले एक लाख १५ हजार नगदसहित १२ जुवाडेलाई पक्राउ गरेको छ । राजु श्रेष्ठ, शंकर विक, सुमन परियार, भुगोल कोइराला, रामबहादुर मालबुल, मनोज श्रेष्ठ, किसानबहादुर गुरुङ, नविन थापा, विनोद कोइराला, ढालबहादुर राना, निमबहादुर घले र दिपेश सुनारलाई प्रहरीले पक्राउ गरेको हो । हारजित हुने गरी जुवा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ ...
— कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई मंगलबार हवाई मार्गबाट भैरहवा ल्याएर जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु गरिएको छ । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछानेमाथि सहकारीको बचत अपचलन र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न भैरहवा ल्याइएको हो । उनीविरुद्ध रूपन्देही जिल्ला अदालतमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी छ । बुटवल उपमहानगरपालिका–९ मा ...
— सुर्खेतको चर्चिच धार्मिक शक्तिपीठ देउती बज्यै मन्दिर परिसरमा पुजारी मृत भेटिएकी छिन् । बुधबार बिहान मुख्य मन्दिरको पूर्वी ढोकामा ५० वर्षकी सरस्वती राजी मृत अस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार राजीको शव सलमा झुण्डिएको अवस्थामा भेटिएको छ । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको उनले बताए । अहिले ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्मनिरपेक्ष मुलुक नेपालमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण भएमा त्यसले समाजलाई बिथोल्ने बताएका हुन् । 'नेपालमा एकातिर हिन्दुराज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ । ...