मुख्य समाचार
पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्‍न अदालतको अनुमति
पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्‍न अदालतको अनुमति

: कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्ने जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। मानव तस्करीको आरोप लगाएका अधिकारीलाई मोरङ प्रहरीले आइतबार उनकै निवासबाट पक्राउ गरी जहाजबाट काठमाडौं ल्याइएको हो।



काठमाडौं ल्याएपछि जिल्ला प्रहरी परिसरले अधिकारीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो। अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसरले जनाएको छ।

नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका तीन जनाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ। कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट भएका थिए।



नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई रकम बुझाएर गत साता जापान पुगेका तीन युवालाई जापानको अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ। अधिकारी सहभागी हुने कार्यक्रममै हिँडेको भन्दै जापान पुगेका उनीहरुलाई उनले नै फिर्ता ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएका थिए।

शंकास्पद कागजातका कारण जापानबाट फर्काइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबार आइपुगेका चारै जनालाई अध्यागमन कार्यालयले अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाउने तयारी गरेको थियो। तर, यस घटनाको सूचना आफैंले पहिले प्रहरीलाई दिएको बताएपछि अधिकारीलाई छाडिएको थियो। मन्त्रि भएकाले र आफैंले सूचना दिएकाले एयरपोर्टबाट फुत्किएपनि थप अनुसन्धानका लागि भन्दै प्रहरीले आज पक्राउ गरेको छ।

नक्कली कागजात बनाएर जापान पुगेका रसुवाका कञ्चन देवकोटा खोटाङका दावा शेर्पा र जनक राईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। तत्कालीन मन्त्री अधिकारी आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरिएको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन भनेर जापान गएका थिए।

अधिकारीले भने तीन जनालाई आफूले हङकङमा भेटेको र फिर्ता ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको बताउँदै आएका छन्। तीन जनामध्ये शेर्पासँग खोटाङको ऐंसेलुखर्क–२ को वडा सदस्यको नक्कली परिचयपत्र थियो भने देवकोटा र राईले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारीको परिचयपत्र बोकेका थिए ।

कर्मचारीको नक्कली परिचयपत्रमा ‘निमित्त कार्यालय प्रमुख’ का रूपमा अधिकारीकै हस्ताक्षर छ। नक्कली परिचयपत्र प्रहरीले बरामद गरिसकेको छ। परिचयपत्रमा रहेको हस्ताक्षर किर्ते गरेर राखिएको अधिकारीको जिकिर छ। तीन जनाको बयानका आधारमा प्रहरीले नुवाकोटको विदुरका जुगल रिजाल, दोलखाको जिरीका वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरीका महेशविक्रम पाण्डेलाई पनि पक्राउ गरिसकेको छ।

आज पक्राउ परेपछि कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले प्रहरीको अनुसन्धानमा आफूले सहयोग गर्ने बताएका छन्। अधिकारीले मानव तस्करहरूले आफूलाई उपयोग गरी जापान भ्रमण गराउन खोजेको र आफूले नै सूचक भई मानव तस्करको गिरोहलाई पक्राउ गराउन सहयोग गरेको बताउँदै आएका छन्। प्रदेश र संघीय सरकारबाट अनुमति नलिई जापान भ्रमण गरेको र सो घटनामा मानव तस्करी गरेको आरोप लागेपछि अधिकारीले मन्त्रीबाट राजिनामा दिएका थिए। भ्रमण विवादमा परेपछि उनलाई नेकपा एमाले कोशी प्रदेश कमिटीले संगठित सदस्यबाट समेत निलम्बन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई थप ६ बुँदे विवरण माग गरेको छ । कात्तिक १३ मा ऊर्जा सचिवस्तरीय निर्णय गरेर ७ दिनभित्र स्पष्ट पार्दै मन्त्रालयमा विवरण बुझाउन भन्दै थप ६ विवरण माग गरेको हो । मन्त्रालयले मागेको ६ बुँदे विवरणको समय आज सकिदैछ । ऊर्जा मन्त्रालयले गत असोज ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरूलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरूलाई सुधार्ने गरी अगाडि बढ्न निर्देशन दिएका हुन्। null उनले वैदेशिक मुद्राको ...
— वाग्मती प्रदेश सरकारले मन्त्रालय फुटाएको छ । बिनाविभागीय मन्त्री रहेका मधु श्रेष्ठलाई जिम्मेवारी तोक्नका लागि बहादुरसिंह लामा नेतृत्वको सरकारले मन्त्रालय विभाजन गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी नयाँ मन्त्रालय खडा गरेको हो । अब सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय वाग्मती प्रदेशमा नयाँ बनेको छ । यस ...
: कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले मन्त्री अधिकारीसहित ९ जनालाई ७ दिनको म्याद थपेका हुन्। मानव बेचबिखन तथा ओसारपसारमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध अनुसन्धान गरिरहेको छ। जापान भ्रमणसम्बन्धी विवादमा मुछिएपछि कोशीको अधिकारीले कोशीको आन्तरिक मामिला तथा कानुनमन्त्री ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन् । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताए । अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपीपी) मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजेको भन्ने प्रमुख ...