मुख्य समाचार
युट्युबर मिस्टर बिस्टका कन्टेन्टलाई अब नेपाली भाषामै हेर्न पाइने
युट्युबर मिस्टर बिस्टका कन्टेन्टलाई अब नेपाली भाषामै हेर्न पाइने

। सर्वाधिक सब्सक्राइब गरिएका युट्युबर मिस्टर बिस्टका कन्टेन्टलाई अब नेपाली भाषामै हेर्न पाइने भएको छ । मिस्टर बिस्टले फेसबुक मार्फत यसबारे जानकारी दिएका छन् ।

उनको कम्पनी ‘क्रिएटर ग्लोबल’ले नेपाली भाषामा स्वरांकन कलाकार र भाषा संयोजक राखेर नेपाली भिडियो बनाउने जनाएको छ । यो कम्पनीले यसअघि नेपाली अनुवादकका लागि आवेदन खुलाएको थियो ।


उक्त युट्युब च्यानलमा पोस्ट हुने भिडियोमा नेपाली भाषाको विकल्प हुने अपेक्षा गरिएको छ । उक्त पोस्टका लागि खुलाइएको आवेदनमा नेपाली र अंग्रेजी भाषामा पोख्तलाई आवेदन दिन भनिएको थियो । अंग्रेजी भाषाबाट स्थानीयमा भिडियो रुपान्तरण गर्नुपर्ने सर्त उक्त आवेदनमा थियो ।

प्राइम भिडिओमा मिस्टर बिस्टको रियालिटी शो आउने चर्चाबीच यस्तो आवेदन खुलाइएको हो । यो शोमा नेपाली सबटाइटलका भिडियो पनि आउने अपेक्षा गरिएको छ । सबटाइटल मात्र हुने हो कि नेपाली भाषामै डब हुने हो भन्ने बारे यकिन छैन ।


अहिलेसम्मकै ठूलो गेम हुने बताइएको शोमा १० करोड डलर बराबरको पुरस्कार दिइने जनाइएको छ । यो शो १० देखि १२ एपिसोडसम्म निर्माण हुने र विश्वमा धेरै बोलिने भाषा स्वरांकन हुने जनाइएको छ । यो शोको घोषणा गर्न मिस्टर बिस्ट शनिबार भारत जाने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाएको छ । उत्कृष्ट फिल्म र पौल थोमस एन्डरसनलाई उत्कृष्ट निर्देशकसहित यसले कुल ६ वटा अवार्ड जित्यो । बेलायतसहित विश्वकै प्रतिष्ठित मानिने यस अवार्ड समारोह ‘द ट्रेटर्स’ का लोकप्रिय होस्ट एलन कमिङले सञ्चालन गरेका थिए । उनले तिमोथी सालामे र काइली जेनरलाई बेलायती स्न्याक्स बाँड्दै ...
अन्ततः राजनीतिक विषयवस्तुमा बनेको फिल्मले नै जित्यो । कलाले कति हदसम्म राजनीतिक जिम्मेवारी वहन गर्नुपर्छ भन्ने बहस र विवादले छायाँमा पारेको बर्लिन फिल्म फेस्टिभलको समापन समारोहमा जर्मन-टर्किश निर्देशक इल्कर चाताकले आफ्नो स्पष्ट सन्देश बोकेको फिल्म ‘येलो लेटर्स’ का लागि गोल्डेन बेयर अवार्ड जिते । समकालीन टर्कीको पृष्ठभूमिमा बनेको यो फिल्ममा विवाहित नाटककार र अभिनेत्रीको कथा देखाइएको छ, ...
। आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ । घोषणापत्र ...
। दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ । अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका ...
— राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् । वरिष्ठ अभिनेता सुनिल थापाको निधनले आफू दुःखी भएको बताउँदै राष्ट्रपति पौडेलले सचिवालयमार्फत समवेदना सन्देश थापाको परिवालाई पठाएका हुन् । 'अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौं ...