मुख्य समाचार
प्रिमियर लिगको लण्डन डर्बीमा आर्सनल र चेल्सीले १-१ को बराबरी खेल्दै अंक बाँडे
प्रिमियर लिगको लण्डन डर्बीमा आर्सनल र चेल्सीले १-१ को बराबरी खेल्दै अंक बाँडे

। प्रिमियर लिगको लण्डन डर्बीमा आर्सनल र चेल्सीले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

आइतबार राति चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा आर्सनलले पहिले अग्रता लिएपनि कायम राख्न कसकेन ।


६०औं मिनेटमा गाब्रीएल मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रत दिलाएका थिए । तर, ७०औं मिनेटमा पेड्रो नेटोले चेल्सीका लागि बराबरी गोल फर्काए ।

त्यसअघि ३२औं मिनेटमै आर्सनलका काइ हाभार्टले गोल गरेपनि भिएआरले मान्यता नदिँदा अग्रता लिनबाट बन्चित भएको थियो ।


बराबरीपछि दुवैले १-१ अंक पाउका छन् । चेल्सी र आर्सनल दुवैको ११ खेलबाट समान १९ अंक भएको छ । तर गोल अन्तरका आधारमा चेल्सी अघि रहँदै तेस्रो स्थानमा उक्लेको छ । आर्नल चौथो स्थानमा छ ।

यस्तै कप्तान ब्रुनो फर्नान्डजेले म्यानचेष्टर युनाइटेडका लागि २५०औं खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हरायो । अन्तरिम प्रशिक्षक रुड भान निस्टोलरयको अन्तिम खेलमा युनाइटेडले जित निकालेको हो ।

अब युनाइटेडको प्रशिक्षण रुबेन अमोरिनले सम्हाल्नेछन् । निस्टोलरयको प्रशिक्षमा युनाइटेडले चार खेल खेल्दा ३ जित र १ बराबरी नतिजा निकालेको थियो ।

युनाइटेडका लागि ब्रुनोले १७औं मिनेटमा गोल गर्दखै अग्रता दिलाएका थिए । उनकै प्रहार भिक्टर क्रिस्टिएनसेनलाई लाग्दै गोल हादा आत्मघाती गोलमा गणना भयो ।

यस्तै ८२औं मिनेटमा ब्रुनोकै पासमा अलेजान्रो गार्नाचोले गोल गरे ।

जितपछि युनाइटेड ११ खेलबाट १५ अंक जोडेर १३औं स्थानमा छ ।

यस्तै इप्स्विच टाउनले टोटनहमलाई २-१ ले पराजित गर्दै प्रिमियर लिगमा २२ वर्षपछि पहिलो जित हात पारेको छ । इप्स्विचलाई जित दिलाउन सामी एसमोडिक्स र लिएम डेलापले पहिलो हाफमा गोल गरे ।

टोटनहमका लागि दोस्रो हाफमा रोड्रिगो बेन्टानकुरले उक गोल फर्काए । पराजित टोटनहम ११ खेलबाट १६ अंकसहित १०औं स्थानमा छ ।

यस सिजन यसअघिका १० खेलमा ५ बराबरी र ५ हारको नतिजापछि इप्स्विचले पहिलो जित निकालेको हो । ११ खेलबा६ ८ अंक जोडेर इप्स्विच १७औं स्थानमा उक्लेको छ ।

अर्को खेलमा न्युकासल युनाइटेडले नटिङहम फरेस्टलाई ३-१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित