मुख्य समाचार
पाक्ने बेलामा सुन्तलामा रोग देखिएपछि गुल्मीका किसान चिन्तित
पाक्ने बेलामा सुन्तलामा रोग देखिएपछि गुल्मीका किसान चिन्तित

। पाक्ने बेलामा सुन्तलामा रोग देखिएपछि गुल्मीका किसान चिन्तित भएका छन् ।

जिल्लाको धुर्कोट गाउँपालिका–७ वाग्लाका कृषक धनराज पौडेलेको सुन्तला बगैंचामा बोट पहेलो देखिने रोग देखा परेको छ । पौडेलको पौडेल कृषि फार्ममा एक हजार एक सय सुन्तलाका बोट रहेका छन् । बगैंचामा रहेका धेरैजसो बोटहरु पहेंलो हुने रोग देखा परेको पौडेलले बताए ।




पौडेलले गत वर्ष करिब चार लाखका सुन्तला बिक्री गरेका थिए । तर, अहिले रोग लागेको र फल लागेका सुन्तला पनि झरेकाले एक लाख भेट्न पनि मस्किल हुने हेरालु रामु गिरीले बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले अहिले उक्त बगैंचामा बोटका जरा कुहिने रोग देखा परेकाले बोट नै पहेलो भएको बताए ।




फेदमा बढी चिसोपना भएकाले पनि उक्त रोग देखा पर्ने गरेकाले ढुसीनासक विषादी प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

कतिपय बिरुवाको फेदमा खन्दा वा मलजल गर्दा ध्यान नपुग्दा पनि जरा काटिने भएकाले मलजल गर्दा उचित ध्यान दिनुपर्ने उनको भनाइ छ ।

त्यहाँका कृषकलाई जम्मा गरेर बगैंचा व्यवस्थापन र रोगसम्बन्धी तालिम प्रदान गर्ने गरी कृषि ज्ञान केन्द्रले योजना बनाएको छ । यस वर्ष सुन्तला उत्पादन घट्ने वा बढने भन्ने बारेमा बगैंचाहरु अवलोकन पश्चात मात्र भन्न सकिने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

जिल्लामा कृर्षकहरुले परम्परागत रुपमा खेती गर्नु, बगैचामा सुक्ष्म तत्व , मलखादको प्रयोग नगर्नुका कारण बोट तथा रसिलो फलहरुमा कमी आउनु, विभिन्न रोगहरु देखा पर्नु, सिँचाइ तथा बोटहरुको काँटछाँटमा कम ध्यान दिनुलगायतका समस्या रहेको ज्ञानकेन्द्रले जनाएको छ ।

जिल्लामा गुणस्तरीय बिरुवा उत्पादनका लागि नर्सरी व्यवस्थापनमा सुधार गर्ने, बिरुवाहरुको न्यूनतम गुणस्तरको मापदण्ड निर्धारण गर्ने, जालीघर पद्धतीमा कलमी बिरुवामा उत्पादन प्रविधिको बिस्तार गर्ने, जिल्लामा बिजु बिरुवा रोपणको कार्यलाई पूर्ण रुपमा अन्त्य गर्ने गरी कार्यालयले काम गरिरहेको जनाएको छ ।

प्रभावकारी रुपमा रोगकीराको ब्यबस्थापन गर्ने, उत्पादन क्षेत्र थप निर्माण गर्दै जाने, फल टिपाइ, ग्रेडिङ, भण्डारण, ढुवानी र बजार व्यवस्थापनमा सुधार गर्दै लाने गरी आफूहरुले योजना बनाएको कार्यालयले जनाएको छ । यसका साथै स्थानीय तहका कृषि प्राविधिकहरुको क्षमता अभिवृद्धि गर्ने कार्य तय गरेको भण्डारीले बताए ।

जिल्लामा फल दिने नदिने गरी कुल एक हजार २७ हेक्टर क्षेत्रफलमा चार लाख १० हजार आठ सय बढी सुन्तलाका बिरुवा छन् । जसको ६० दशमलव ६ प्रतिशत अर्थात दुई लाख ४९ हजार दुई बोटहरुले उत्पादन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अब सेयर बजार सातामा ४ दिन मात्रै खुल्ने भएको छ । सरकारले आइतबार पनि सरकारी कार्यालयलाई विदा दिने निर्णय गरेसँगै बजार प्रभावित हुने भएको हो । यद्यपि शुक्रबार पनि बजार खोल्ने निर्णय गर्न सकिने नेप्सेका एक उच्च अधिकारीले बताए । ‘सरकारले विदा दिएपछि आइतबार बजार बन्द नै हुन्छ, तर शुक्रबार बजार खोल्न सकिनेबारे सञ्चालक समितिमा ...
। नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको समयसीमा ४ वर्ष थप गरेको छ । केन्द्रीय बैंकले अहिले तोकिएको वर्ष अनुसारको सीमा हटाइ २०८७ सम्म पुर्‍याए हुने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले विप्रेषण नियमावली २०७९ संशोधन गर्दै २०८७ असारसम्म तोकिएको पूँजी पुर्‍याए हुने व्यवस्था गरेको हो । यसअघि नियमावलीमा विप्रेषण कम्पनीले २०८१ असार मसान्तभित्र न्यूनतम ...
। सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । बिहीबार अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट रोक्नका लागि अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकमा राजस्व चुहावटका रोक्नका लागि विभिन्न विभागहरूले गरिरहेका कामका बारेमा सम्बन्धित निकायका प्रमुखहरूले जानकारी गराएका थिए । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा उपभोक्ता ठग्ने र भ्रमपूर्ण विज्ञापन गर्नेलाई कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । विभागले सूचना जारी गरी बजारमा हुने अनुचित व्यापारिक क्रियाकलाप नियन्त्रण गर्न र उपभोक्ताको संवैधानिक हक सुनिश्चित गर्न एमआरपी, खरिद बिल तथा वस्तुको गुणस्तरमा कडाइ गरेको हो । नेपालको संविधानको धारा ४४ ले प्रत्याभूत गरेको उपभोक्ताको ...
। जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादन हुने १२४.३५ मेगावाट विद्युत् ४०० केभी प्रसारण लाइनमा जडान गर्ने सम्बन्धी सहमति भएको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड बिच जगदुल्ला–ए जलविद्युत आयोजनाबाट उत्पादन हुने १२४.३५ मेगावाट विद्युत् निकासीका लागि सहमति भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए । डोल्पा र जाजरकोटको सीमा ...