मुख्य समाचार
खराब ब्याटिङबाट गुज्रिएको अस्ट्रेलियाले पाकिस्तानसँगको घरेलु एकदिवसीय श्रृंखलामा हार
खराब ब्याटिङबाट गुज्रिएको अस्ट्रेलियाले पाकिस्तानसँगको घरेलु एकदिवसीय श्रृंखलामा हार

। खराब ब्याटिङबाट गुज्रिएको अस्ट्रेलियाले पाकिस्तानसँगको घरेलु एकदिवसीय श्रृंखलामा हार व्यहोरेको छ । आइतबार भएको तेस्रो एकदिवसीय खेलमा पाकिस्तान ८ विकेटले विजयी भएसँगै अस्ट्रेलियाले श्रृंखला २-१ ले गुमाएको हो ।

अस्ट्रेलियाले दिएको १४१ रनको लक्ष्य पाकिस्तानले २६ ओभर ५ बलमा २ विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानका लागि ओपनर सैम अयुबले सर्वाधिक ४२ रनको इनिङ खेले भने अर्का ओपनर अबदुल्लाह शफिकले ३७ रन बनाए । कप्तान मोहम्मद रिजवान ३० तथा बाबर आजम २८ रनमा अविजित रहे । अस्ट्रेलियाका लागि दुवै विकेट लान्स मोरिसले लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ३१.५ ‌‌ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियो । उसका लागि शन एबटले सर्वाधिक ३० रन बनाएका थिए भने ओपनर म्याथिउ शर्टले २२ रन बनाए । एडम जाम्पाले १३ रन जोड्दा स्पेन्सर जोनसोन १२ रनमा अविजित रहे ।

पाकिस्तानका लागि शाहीन अफ्रिदीले ८.५ ओभरमा ३२ रन दिएर ३ विकेट लिए भने नसीम साहले ९ ओभरमा ५४ रन दिएर ३ विकेट लिए । हारिस राउफले २ तथा मोहमद हसनैनले १ विकेट लिए ।


यसअघि पहिलो खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २ विकेटले हराएको थियो भने दोस्रो खेलमा पाकिस्तानले ९ विकेटको सहज जित निकालेको थियो । दुई टोलीबीच अब तीन खेलको टी-२० श्रृंखला पनि हुने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...