मुख्य समाचार
आइसिसी च्याम्पियन्स ट्रफी खेल्न भारतीय क्रिकेट टोलीले पाकिस्तान नजाने अडान
आइसिसी च्याम्पियन्स ट्रफी खेल्न भारतीय क्रिकेट टोलीले पाकिस्तान नजाने अडान

। आउँदो फेब्रुअरीमा पाकिस्तानमा हुने आइसिसी च्याम्पियन्स ट्रफी खेल्न भारतीय क्रिकेट टोलीले पाकिस्तान नजाने अडान लिएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले प्रतियोगिताको आयोजनालाई अगाडि बढाउनेबारे सल्लाह लिन पाकिस्तान सरकारको सहयोग मागेको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले भारतीय टोली पाकिस्तानको भ्रमणमा नजाने भारत सरकारको निर्णयबारे यसै साता आईसीसीलाई जानकारी गराएको थियो । उक्त कुरा आईसीसीले समेत पीसीबीलाई औपचारिक रूपमा जानकारी गराइसकेको छ । त्यसैकारण पीसीबीले अब सरकारको सहयोग खोजिरहेको छ ।

सन् १९९६ पछि पहिलोपटक आइसिसीको मुख्य प्रतियोगिता गर्न लागेको पाकिस्तानले प्रतियोगिताको आयोजनामा थप कठोर नीति लिँदै हाइब्रिड मोडलमा प्रतियोगिता सञ्चालन नहुने स्पष्ट पारेको पीसीबीका अध्यक्ष मोहसिन नक्‍वीलाई उद्धृत गर्दै समाचार संस्था क्रिकइन्फोले जनाएको छ ।

। सन् २०२३ मा पाकिस्तानमा भएको एसिया कप क्रिकेटमा हाइब्रिड मोडल प्रयोग गरिएको थियो जसमा भारतको खेल पाकिस्तानबाहिर र अन्य टोलीहरुबिचको खेल पाकिस्तानमै सञ्चालन भएका थिए । नक्‍वी पाकिस्तान सरकारमा आन्तरिक मन्त्रीसमेत रहेकाले सरकारको पनि यी कुराहरुमा समर्थन रहने देखिन्छ ।


हालको परिस्थितिसँग परिचित एक अधिकारीका अनुसार सरकारले पीसीबीलाई आफ्नो निर्णयमा दृढ भएर उभिन, हाइब्रिड मोडेल अस्वीकार गर्न र सम्पूर्ण प्रतियोगिता पाकिस्तानमा आयोजना गर्ने कुरामै अडिग रहन निर्देशन दिने छ ।

च्याम्पियन्स ट्रफी सुरु हुन अब करिब १०० दिन बाँकी छ । दुई देशबीचको लामो राजनीतिक मुद्दाका कारण आइसिसीलाई कठिन अवस्थाको सामना गर्नुपर्ने देखिन्छ । डिसेम्बरमा भारतीय क्रिकेट बोर्डका अध्यक्ष जय शाह आईसीसीकै अध्यक्ष हुने चर्चा छ जसका कारण पनि यो स्थिति त्यति छिट्टै सहज हुने देखिँदैन ।

भारत र पाकिस्तानबीचको पेचिलो राजनीतिक सम्बन्धको प्रभावले खेलकुद क्षेत्रमा पनि विशेषगरी क्रिकेटमा बढी तरंग पैदा हुने गर्छ । त्यसमाथि पनि आइसीसीका हरे‍क मुख्य प्रतियोगिताहरुमा भारत र पाकिस्तान आमनेसामने हुने निश्चितप्राय नै हुन्छ जसले विश्वभरका क्रिकेटप्रेमीको ध्यान तान्‍ने गर्छ ।

यसपटक भने भारतको हठका बीच पाकिस्तान लचिलो नबन्ने संकेत गर्दै पीसीबीका अध्यक्ष नक्‍वीले पहिलेजस्तो अवस्था अब नभएको र पाकिस्तान पनि भारतमा हुने प्रतियोगितामा सहभागी नहुने भन्दै चेतावनीपूर्ण प्रतिक्रिया दिएका छन् । भारतमा पनि २०२५ मा महिला एकदिवसीय विश्‍वकप क्रिकेट हुँदै छ ।

यसअघि भारतले २०२३ को एसिया कप क्रिकेट खेल्नका लागि पाकिस्तान नजाने निर्णय गरेपनि पाकिस्तान भने सोही वर्ष भारतमा भएको एकदिवसीय विश्वकप खेल्न भारत गएको थियो ।

पाकिस्तानको लाहोरमा यसै साता हुने भनिएको च्याम्पियन्स ट्रफीको तालिका सार्वजनिक तथा १०० दिनको काउन्टडाउन सुरु गर्ने कार्यक्रम पनि स्थगित भएको छ । पीसीबीले आइसीसीलाई पत्राचार गरी बीसीसीआईलाई भारतीय टोलीको पाकिस्तान नजाने निर्णयबारे स्पष्ट कारण सोध्न तथा पाकिस्तानमा आउनका लागि मुख्य बाधा के हो भन्ने बारे खुलाएर जानकारी गराइदिन आग्रह गर्ने तयारी गरेको छ ।

आठ टोलीको सहभागिता रहने च्याम्पियन्स ट्रफी आउँदो फेब्रुअरी १९ देखि मार्च ९ को बीचमा हुने तय छ । सात वर्षपछि हुन लागेको प्रतियोगिताको पाकिस्तान डिफेन्डिङ च्याम्पियन समेत हो । यसअघि सन् २०१७ मा भएको प्रतियोगिताको फाइनलमा भारतलाई नै हराएर पाकिस्तानले उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित