मुख्य समाचार
जनकपुरधामको प्रादेशिक अस्पतालमा ६ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रेर थन्कियो
जनकपुरधामको प्रादेशिक अस्पतालमा ६ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रेर थन्कियो

। जनकपुरधामको प्रादेशिक अस्पतालमा ६ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रेर थन्किएको छ ।

अस्पतालमा दैनिक आउने १० देखि १५ जना गम्भीर प्रकृतिका बिरामी सिटी स्क्यान गराउन निजी प्रयोगशालामा जान बाध्य छन् ।

करिब १० वर्षदेखि सञ्चालित फिलिप्स कम्पनीको सिटी स्क्यान मेसिन ६ महिनाअघि बिग्रेपछि मर्मत गरिएको छैन । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोद यादवका अनुसार वर्षाको पानी चुहिएर सिटी स्क्यान मेसिनको ट्युब खराब भएको छ । यसलाई मर्मत गर्न ९० लाख रुपैयाँ पर्ने उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा मधेश सरकारले सिटी स्क्यान मेसिन किन्न जनस्वास्थ्य आपूर्ति केन्द्रलाई बजेट दिएको छ । त्यसैले अस्पतालले पुरानो मेसिनलाई धेरै रकम खर्च गरेर बनाउनुभन्दा जनस्वास्थ्य आपर्ति केन्द्रले नै नयाँ मेसिन किनेर दिने प्रतिक्षामा थियो ।

यसकारण पनि बिग्रेको २/३ महिनासम्म बनाउने कि नबनाउने भनेर अलमल भएको रजिष्ट्रार यादवको भनाइ छ । तर खरिद गर्न लामो समय लाग्ने देखेपछि बिग्रेकै मेसिन बनाउन सुरु गरेको उनले बताए ।

सिटी स्क्यान मेसिन बिग्रिँएका बेला चिकित्सकले कमिसनको लोभमा बिरामीलाई आवश्यक नहुँदा पनि निजी प्रयोगशालामा सिटी स्क्यान गराउन बाध्य गराएको पाइएको एक चिकित्सकले बताए ।

निजी प्रयोगशालामा सिटी स्क्यान गरेको १० देखि २५ हजार रुपैयाँसम्म शुल्क लाग्छ । जुन प्रादेशिक अस्पतालमा ४ देखि १० हजार रुपैयाँमा हुने थियो ।

आफ्नो स्वास्थ्य उपकरण खरिद गर्न स्वास्थ्य आपूर्ति केन्द्रलाई बजेट दिएकामा अस्पतालका अधिकारीहरु असन्तुष्ट छन् । अस्पताललाई बजेट, जनशक्तिलगायतमा उपेक्षा गर्दा स्वास्थ्य सेवा प्रभावित भएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएको छ । विरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । मृगौलाको पत्थरीको शल्यक्रिया गराएका मोरङ कानेपोखरी गाउँपालिका–६ का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् । भण्डारीलाई मृगौलामा पत्थरी भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोही दिन उनको दुरबिन ...
। जनकपुरधामस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटना एक लाख रुपैयाँमा मिलापत्र गरिएको छ । वैशाख १६ गते पित्तथैलीको शल्यक्रिया गराएकी महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनीदेवी पासवानको शुक्रबार बिहान मृत्यु भएको थियो । मृतक परिवारका अनुसार शल्यक्रियावापत बुझाएको ८० हजार रुपैयाँ फिर्ता गर्नुका साथै एक लाख रुपैयाँ ...
। जनकपुरधामको निजी अस्पतालमा शल्यक्रिया गरेका एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तहरू आन्दोलनमा उत्रिएका छन् । कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटलमा महोत्तरीको बलवा नगरपालिका १ बञ्चौरीका ३६ वर्षीया रागनी देवी पासवानको मृत्यु भएको हो । १६ गते साँझ पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको उनको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ...
: अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी तथा अवाञ्छित गतिविधि गर्नेलाई सरकारले कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय यस्ता गतिविधि बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। मन्त्रालयका अनुसार केही व्यक्तिहरूले अस्पताल परिसरमा स्वीकृति विना प्रवेश गरी बिरामी तथा स्वास्थ्यकर्मीको फोटो-भिडियो खिच्ने, ...
: विराटनगरस्थित कोशी अस्पतालले सरकारको निर्देशन अवज्ञा गर्दा शुक्रबार उपचारका लागि पुगेका दर्जनौं बिरामी निराश हुँदै फर्किन बाध्य भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशन अस्पतालले कार्यान्वयन नगरेपछि बिरामी उपचारविहीन बनेर फर्किएका छन् । अस्पतालको सेवा प्रवाहमा गम्भीर प्रश्न उठेको छ । उभौली पर्व, बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदाका दिन ...