मुख्य समाचार
पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) खेल मात्र नभएर एउटा खेल संस्कार बसाउने प्रयास
पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) खेल मात्र नभएर एउटा खेल संस्कार बसाउने प्रयास

। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) खेल मात्र नभएर एउटा खेल संस्कार बसाउने प्रयास पनि रहेको बताएका छन् ।

एनपीएलको विषयमा सोमबार क्यानले आयोजना गरेको ‘मिडिया इन्टर्‍याक्सन प्रोग्राम’मा पारसले खेल संस्कर अघि बढाउने विचारका साथ अघि बढेको बताए । ‘अहिले हामीले गर्न लागेको लिग प्रतियोगिता मात्र नभएर देशमै खेल संस्कार बसाल्नुपर्छ भन्ने सोचर अघिबढेका छौँ ।‘ एनपीएल गभर्निङ काउन्सिको संयोजक समेत रहेका खड्काले भने ।

गभर्निङ काउन्सिलमा क्यान कोषाध्यक्ष पदम बहादुर खड्का र क्यान सदस्य सुदिप शर्मा सदस्य छन् ।

पहिलेको प्रेन्चाइज लिगहरु आयोजना हुने त्यसपछि सकिने गरेको भन्दै पारसले यसपटक फ्रेन्चाइज लिग मार्फत दिर्घकालिन रुपमा सबैलाई समेट्ने गरी अघि बड्ने योजना रहेको बताए ।


‘अहिले जुन नामहरु आएका छन् । कर्णाली याक्स, काठमाडौंगुर्खाज, विराटनगर किंग्स देखि सुदूरपश्चिम रोएल्ससम्म छन् । भविष्यमा हाम्रो चाहना के हो भने पहिले लिग हुनुथ्यो । एउटाले जित्थ्यो । हार्थ्यो । दर्शक आउँथ्यो । म्याच सकिन्थ्यो,’ उनले भने, ‘अहिले हामीले के गरेका छौँ भने क्यान अन्तर्गत रहेको जिल्ला र प्रदेशलाई संघसँग त्यो ठाउँको फ्रेन्चाइजलाई जोड्ने प्रयास गरेका छौँ । एनपीएलमा आबद्ध सम्पूर्ण फ्रेन्चाइजलाई आ-आफ्नो एकेडेमी स्थापना गर्ने अधिकार पनि छ ।’

एनपीएल सुरु नहुँदै यसमा ५० करोड भन्दा माथि लगानी देखिसकेको छ भने यसमा अझ बढ्न सक्ने छ । यस्तोमा हरेक फ्रेन्चाइजले ५ करोड भन्दा बढीको खर्च गर्दैछ । ।

उनले भने,’ हरेक फ्रेन्चाइजले ५ करोड भन्दा बढीको खर्च गर्दैछ । तर त्यसको प्रतिफल तत्काल आउदैन । यसलाई दिगो रुपमा अघि बढाउने र ३-४ वर्षपछि मात्र फ्रेन्चाइजलाई आर्थिक लाभ हुँदैन भनेर भनेका छौँ ।’

क्यानले पहिलो पटक यति ठूलो लगानी र धेरै टिम समावेश गरेर फ्रेन्चाइज लिग गर्न लागेको हो । मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडदंमा हुने एनपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित