मुख्य समाचार
यौन दुर्व्यवहारको आरोपमा सिभिल अस्पतालका डाक्टर पक्राउ
यौन दुर्व्यवहारको आरोपमा सिभिल अस्पतालका डाक्टर पक्राउ

। प्रहरीले नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा कार्यरत एक जना चिकित्सकलाई पक्राउ गरेको छ ।

सहकर्मी डाक्टरले नै यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी वृत्त, बानेश्वरले जनाएको छ ।


कार्यस्थल एउटै हुँदा पीडितको परिचय खुल्नसक्ने भएकाले प्रहरीले पक्राउ पर्ने डाक्टरको नाम खुलाएको छैन ।

बानेश्वर प्रहरीका एक अधिकृतले यो घटना तिहारअघिकै भएको बताए । ‘अनुसन्धान पनि लगभग अन्तिम चरणतिर पुगिसकेको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताएका छन् । इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी फेब्रुअरी महिना (माघ २२ गते) मा दुई सातासम्म किशोरीहरुलाई खोप अभियान सञ्चालन ...
— जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बिग्रिएर र चालक नपाएर थन्किएको एम्बुलेन्स एक वर्षपछि संचालनमा आएको छ । पालिकाले चालक भर्नाका साथै एम्बुलेन्स मर्मत गरेपछि संचालनमा आएको हो । एम्बुलेन्स संचालनमा आएपछि रातबिरातमा कोही बिरामी भएर जिल्ला अस्पताल लग्नु परेमा बोकेर झन्डै एक घन्टा हिँड्नु पर्ने बाध्यताको अन्त्य भएको र समयमै अस्पताल पुर्‍याउन पाउँदा ...
: मनसुन बाहिरिएको एक महिनापछि मुलुकको मौसमी अवस्थामा फेरबदल आएको छ। अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रमले काठमाडौंलगायत मुलुकभर चिसो बढेको छ। चिसो बढेसँगै सिजनल इन्फ्लुएन्जा अर्थात् फ्लु (मौसमी रुघाखोकी ) पनि फैलन थालेको छ। जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार, काठमाडौंसहित मुलुकभरको तापक्रम घट्दै ...
। काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन । रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका छन् । २०७९ मा विजयी भएको कांग्रेस भने ...
। काभ्रेमा घाइते अवस्थामा भेटिएका एक जना व्यक्तिको मृत्यु भएको छ । धुलिखेल-८ बरकोबोटमा भट्टेडाँडाका करिब ६३ वर्षीय फत्तेबबहादुर तामाङ सोमबार घाइते अवस्थामा भेटिएका थिए । घाइते अवस्थामा भेटिएका उनलाई धुलिखेल अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल हेर्दा तामाङ भिरबाट लडेको जस्तो देखिने प्रहरीले जनाएको छ । उनको अनुहारमा चोट ...