मुख्य समाचार
चीनका कट्टर आलोचक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने ट्रम्पको निर्णय
चीनका कट्टर आलोचक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने ट्रम्पको निर्णय

। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइक वाल्ट्जलाई नियुक्त गर्ने निर्णय गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्पले चीनको कट्टर आलोचक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने जानकारी आफू निकटकालाई दिएका हुन् ।


वाल्ट्ज फ्लोरिडाका जनप्रतिनिधि हुन् । उनी सेवानिवृत्त सैनिक अधिकृत हुन् । एसिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो गतिविधिको उनले खुलेर आलोचना गर्ने गर्दछन् ।

समाचार एजेन्सी एपीका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार शक्तिशाली र महत्वपूर्ण पद हो तर यसमा नियुक्तिका लागि सिनेटको मन्जुरी आवश्यकता पर्दैन ।

माइक वाल्ट्ज को हुन् ?

माइक वाल्ट्ज एक अमेरिकी राजनीतिज्ञ, सेवानिवृत्त सैनिक र लेखक हुन् । रिपब्लिकन पार्टीका सदस्य उनी राष्ट्रिय सुरक्षा मामिलामा अनुभवी मानिन्छन् । उनीसँग अमेरिकी रक्षा नीति, आतंकवाद विरोधी रणनीति र विदेशी सम्बन्धबारे राम्रो अनुभव रहेको रोयटर्सले जनाएको छ ।

वाल्ट्जसँग अमेरिकी सेनामा विशेष फोर्सको रूपमा सेवा गरेको अनुभव छ । उनी अफगानिस्तानमा समेत तैनाथ भएका थिए ।

यसै वर्ष उनले लेखेको पुस्तक ‘Hard Truths: Think and Lead Like a Green Beret’ सार्वजनिक भएको छ । त्यसमा उनका सैन्य र कूटनीतिक अनुभवहरू समेटिएका छन् । सो पुस्तकमा उनले चीनलाई अमेरिकी सुरक्षा र अन्तर्राष्ट्रिय स्थिरताका लागि मुख्य चुनौतिको रुपमा व्याख्या गरेका छन् ।

उनको विचारमा चीनले प्रविधि, साइबरस्पेस र आर्थिक रणनीतिमार्फत् अमेरिका र अरु देशहरुमा आफ्नो प्रभाव बढाउन खोजिरहेको छ । चीनको बढ्दो प्रभाव रोक्नका लागि उनले पाँच भागका रणनीतिबारे पनि उल्लेख गरेका छन् । ती रणनीतिहरुमा ताइवानलाई हतियार उपलब्ध गराउनुपर्ने, प्रशान्त क्षेत्रका देशहरुलाई अमेरिकी सहयोगप्रति आश्वस्त बनाउनुपर्ने, विमान तथा पानीजहाजको आधुनिकीकरण गर्नुपर्ने लगायत विषय उल्लेख छन् ।

ट्रम्पले थप दुई पदमा पनि महत्वपूर्ण नियुक्ति गरेका छन् । बीबीसीका अनुसार ६२ वर्षीय टोम होमन सीमा प्रमुखमा नियुक्त भएका छन् । होमन ट्रम्पको पहिलो कार्यकालमा इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट विभागको कार्यकारी निर्देशक थिए ।

यसैगरी न्यूयोर्ककी ४० वर्षीया एलिस स्टेफेनिकलाई ट्रम्पले संयुक्त राष्ट्रसंघको राजदूत नियुक्त गरेको न्यूयोर्क पोष्टले जनाएको छ । एलिस स्टेफेनिक सन् २०१४ मा रिपब्लिकन पार्टीबाट कान्छी सांसद चुनिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...