मुख्य समाचार
अमेरिकी पर्यावरण दूतले भने : ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनु निराशाजनक
अमेरिकी पर्यावरण दूतले भने : ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनु निराशाजनक

। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी ‘वातावरण दूत’ जोन पोडेस्टाले अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प पुनः निर्वाचित हुनु जलवायु परिवर्तनसम्बन्धी कदम चाल्न चाहनेहरूका लागि ‘धेरै निराशाजनक’ भएको टिप्पणी गरेका छन्।

जलवायु परिवर्तनका विषयमा अजरबैजानको राजधानी बाकुमा जारी कोप–२९ बैठकको पहिलो दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।


‘आउँदा दिनमा हामी एक यस्तो राष्ट्रपतिलाई सत्तामा देख्न गइरहेका छौं जसको जलवायु परिवर्तनसँगको सम्बन्ध ‘ठग’ जस्ता शब्दहरूबाट परिभाषित छ’ उनले भने, ‘उनले वातावरण संरक्षणका लागि चालेका हाम्रा कदमहरूलाई अन्त्य गर्दै अमेरिकालाई फेरि पेरिस सम्झौताबाट फिर्ता गर्न खोजिरहेका छन् ।’

अजरबैजानमा भइरहेको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघको बैठक विश्वमा बढ्दो तापक्रमको रफ्तारलाई कसरी कम गर्ने भन्ने विषयमा केन्द्रीत छ ।

कोप-२९ को मुख्य उद्देश्य वातावरणमा हानी पुर्‍याउने ग्यासहरुको उत्सर्जन रोक्न कम विकसित देशहरूलाई कसरी थप पैसा जुटाउन सहयोग गर्ने भन्ने विषयमा रहेको छ । साथै जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हुने क्षतिसँग जुध्नका लागि पनि मद्दत पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...