मुख्य समाचार
‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ इभेन्टमा उनले प्रस्तुति दिने
‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ इभेन्टमा उनले प्रस्तुति दिने

। चर्चित भारतीय हास्य कलाकार सुनिल ग्रोवरले नेपालमा प्रस्तुति दिने भएका छन् । १४ मंसिरमा होटल एभरेस्टको मैदानमा हुने ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ इभेन्टमा उनले प्रस्तुति दिनेछन् ।

सुनिलले नेपाली प्रशंसकलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा भिडियो सन्देश पनि जारी गरेका छन् । आफ्नो कमेडीलाई प्रत्यक्ष हेर्न र उपस्थित हुन उनले दर्शकलाई अनुरोध गरेका छन् ।

पर्दामा गौतम गुलाटीको रुपमा चर्चित ग्रोवरले अहिले नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेको ‘द ग्रेट इन्डियन कपिल शो’मा प्रस्तुति दिइरहेका छन् ।

लिक्विड इन्टिलिजेन्सले सुनिललाई कार्यक्रमको लागि नेपालमा ल्याउन लागेको हो । सोनी टिभीमा प्रसारण भएको ‘द कपिल शर्मा शो’बाट उनी चर्चामा आएका थिए । उनले त्यसमा रिंकु भाबी र डा. महसुर गुलाटीको भूमिकामा अभिनय गरेका थिए । हाल उनी नेटफ्लिक्समा स्ट्रिमिङ हुँदै आएको ‘द ग्रेट इण्डियन कपिल शो’मा देखिंदै आएका छन् ।


सुनिलको यो दोस्रो काठमाडौं आगमन हुनेछ । यसअघि २०७४ सालमा नेपाल आउँदा उनले पशुपतिनाथ मन्दिरको समेत दर्शन गरेका थिए । नेपालमा समेत उनको फ्यान क्रेज लोभलाग्दो छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...