मुख्य समाचार
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजले वाइडबडी विमान एयरबस ३३० बाट व्यवसायिक उडान सुरु
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजले वाइडबडी विमान एयरबस ३३० बाट व्यवसायिक उडान सुरु

: भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजले वाइडबडी विमान एयरबस ३३० बाट व्यवसायिक उडान सुरु गरेको छ। मंगलबार दोहाबाट भैरहवा विमानस्थलमा अवतरण भएको कतार एयरवेजलाई 'वाटर स्यालुट' दिइएको छ।



दोहाबाट ३३ जना यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको विमानबाट एक जना प्राविधिक भैरहवामा ओर्लिएपछि ३२ यात्रुसहित पुनः उक्त विमान यहाँबाट काठमाडौं प्रस्थानको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए।

nullउनले कतार एयरवेजले दैनिक दोहा-भैरहवा-काठमाडौं-दोहा रुटमा एउटा उडान गर्ने बताए। उनका अनुसार नियमित तालिका अनुसार उक्त विमान दिउँसो २:४५ बजे भैरहवा अवतरण गर्ने गर्ने र यहाँबाट ४:४५ बजे काठमाडौं प्रस्थान गर्ने तालिका छ। र, त्यहाँबाट साँझ ६:५५ बजे दोहा जाने छ।



कम्पनीले भैरहवा विमानस्थलबाट उडानका लागि मंसिर १५ गतेसम्म अनुमति लिएको छ। त्यसपछि पनि कम्पनीले भैरहवाबाट नियमित उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको अपेक्षा छ।

कतार एयरवेजको उडानसँगै भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीको संख्या पाँच पुगेको छ। यस अघि नेपाल एयरलाइन्स, थाइ एयर एशिया, जजिरा एयरवेज र फ्लाई दुबईले भैरहवा विमानस्थलबाट नियमित उडान थालिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अल्पविकसित देशहरुको समूह (एलडीसी) ले जलवायु परिवर्तनको संकटसँग जुध्न धनी राष्ट्रहरुले थप वित्तीय सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ । विशेषगरी हानि नोक्सानी कोष (लस एण्ड ड्यामेज फण्ड) मा पर्याप्त वित्तीय प्रतिबद्धता आवश्यक रहेको एलडीसीको जोड छ । अजरबैजानको राजधानी बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप २९)को सन्दर्भमा ...
: नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाअध्यक्ष उम्मेदवार घोषणा गरेको छ। बुधबार बिहान पार्टी अध्यक्ष पु्ष्पकमल दाहाल 'प्रचण्ड'को उपस्थितिमा मेयरका लागि प्राध्यापक शिवशरण महर्जनलाई अघि सारेको हो। मेयर राजकुमार नकर्मीको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। नेपाली कांग्रेसका नकर्मीले ९ हजार ४३ ...
। सिन्धुलीमा शिक्षकमाथि गोली प्रहार गरेको घटनामा संलग्नको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले सोमबार सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षका परमानन्द भन्ने विजनन्दन ठाकुरलाई पक्राउ गरेको हो । उनलाई ५ दिन हिरासतमा राख्न सिन्धुली जिल्ला अदालतबाट अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिलकुमार खड्काले बताए । गत आइतबार ...
: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने उद्योगमा विद्युतको लाइन काट्ने र जोड्नेभन्दा पनि समस्या समाधानतिर लाग्नुपर्ने बताएका छन्। बुधबार पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले दीर्घकालीन समाधानतिर लाग्नुपर्नेमा जोड दिए। 'लाइन काट्ने ,अनि फेरि जोड्ने र बक्यौता नउठाउने भन्ने विषय रहनु हुँदैन। मैले सधैं भनिरहेको छु। अब हामी लाइन काट्ने र ...
। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका वाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्र सुधार्ने गरी काम गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वैदेशिक मुद्राको सञ्चिति, शोधनान्तर स्थिति, विप्रेषण, बैंकमा अधिक तरलता, न्यून ब्याजदर, मूल्यवृद्धि नियन्त्रण, गत वर्षको तुलनामा ...