मुख्य समाचार
भारतमा परीक्षण भएको सिकलसेलको औषधि ल्याएर सरकारले वितरण गर्छ : प्रधानमन्त्री
भारतमा परीक्षण भएको सिकलसेलको औषधि ल्याएर सरकारले वितरण गर्छ : प्रधानमन्त्री

— प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन्।
नेपालमा थारू समुदायमा यो रोग बढी देखिने गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले इमानदार र लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकाले उत्पादित नयाँ चिकित्सकहरुलाई सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताए ।


नेपालको यही धर्तीबाट ऋषि चरकले स्वास्थ विज्ञानको थालनी गरेको सन्दर्भ उल्लेख गर्दै उनले सकभर निरोगी हुने र बिरामी भए सुलभ रूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। समारोहमा स्नातक तहका ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताएका छन् । नेपाल सरकारले १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिएकाले त्यसको कार्यान्वयन आफूले सुरु गरेको उनले बताए । ‘नेपाल सरकारको निर्देशनअनुसार १५ दिनभित्र बक्यौता बुझाउनुपर्ने छ । त्यस अवधिमा बक्यौता नबुझाउने हो भने हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौं,’ उनले भने ...
। प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले काठमाडौंको कीर्तिपुर नगरपालिकामा हुने उपचुनावका लागि उम्मेदवार घोषणा गरेको छ । मनोनयन दर्ता हुने समय पाँच दिन बाँकी रहँदै माओवादी केन्द्रले बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवार घोषणा गरेको हो । प्रा. डा. शिवशरण महर्जनलाई मेयर पदमा उम्मेदवार घोषणा गर्दै प्रचण्डले यसपटक कीर्तिपुरमा कीर्तिमान रचिने बताए । कीर्तिपुर ...
। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले यसअघि काटेको बिल नै ठिक भएको जिकिर पुनः गरेका छन् । मन्त्रिपरिषद् बैठकले आइतबार टीओडी मिटरका आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउने निर्णय गरे पनि आफूहरूले पहिले काटेको बिल नै सही भएकाले नयाँ गणना नगर्ने उनले बताएका हुन् । ‘हामीले ...
: जनकपुर उपमहानगरपालिका-१२ कुवारामपुर बजारबाट स्रोत नखुलेको नगद १९ लाख रूपैयाँसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी चाना हरलाखी ग्राम पञ्चायत हरलाखी-८ बस्ने २६ वर्षीय बिष्णु देव यादव, धनुषा जनकपुर उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय रमेश साह, धनौजी गाउँपालिका-७ भररिया टोल बस्ने २० वर्षीय रवि पासवान रहेका छन् । जिल्ला प्रहरी ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आफूमाथि लागेको आरोपबारे सरकार र पार्टीबाट छानबिन गर्न माग गरेका छन् । कांग्रेस सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेमाथि कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन् । मन्त्री पाण्डेले भने केही मानिसले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताएका छन् ...