मुख्य समाचार
वन मुद्दामा दाङमा वडाध्यक्ष पक्राउ
वन मुद्दामा दाङमा वडाध्यक्ष पक्राउ

: वन मुद्दामा दाङको राजपुर गाउँपालिका-७ का वडाध्यक्ष पुस्कर वली पक्राउ परेका छन्। वडाध्यक्षसहित ६ जनालाई डिभिजन वन कार्यालय दाङ (देउखुरीले ) पक्राउ गरी अनुसन्धान थालेको छ।



झन्डै दुई वर्ष अगाडि वडाध्यक्षको मिलेमतोमा कानुनी प्रक्रिया बेगर वनका रुख काटेको भन्ने उजुरी अख्तियारमा परेको थियो। त्यस पछि उनीहरूमा अनुसन्धान सुरु भएको थियो। अख्तियारले सत्य तथ्य छानबिन गरी पठाउन डिभिजन वन कार्यालय दाङ (देउखुरी)लाई भनेपछि वन डिभिजनले अनुसन्धान थालेको थियो।

कार्यालयका वन अधिकृत छोटेलाल चौधरीलाई अनुसन्धान अधिकृत तोकेर घटनाको छानबिन थालेको थियो। अनुसन्धानका क्रममा त्यस सामुदायिक वनमा ७४ वटा विभिन्न प्रजातिका रुखहरू काटिएको प्रमाण भेटियो र उक्त कटान भएका काठको परिमाण करिब ३ सय क्युफिट हुन् आउने अनुसन्धान अधिकृत चौधरीको बताए। त्यसमा वडाध्यक्ष सहितको संलग्नता भेटिएको चौधरीले बताए।



सिक्टा गाउँदेखि भित्री सिक्टासम्म विद्युत तार विस्तार गर्दा राप्ती किनार सामुदायिक वनमा तारमुनि परेका साल, ढौंटी, खयर प्रजातिका करिब ७४ वटा स-साना (बल्लाबल्ली साइजका) रुखहरू काटेको उनीहरूलाई आरोप लागेको छ।

वडाध्यक्ष वलीसहित अनुसन्धानमा तानिएकाहरूमा उनका सहोदर दाई घन बहादुर वली, घन बहादुरका छोरा तिलक वली, पदमबहादुर खड्का, भुपलाल बोटे र बालाराम कुमाल रहेका छन्। तीन जनालाई बयानका लागि जिल्ला अदालतमा उपस्थित गराएको र वडाध्यक्ष वली सहित तीन जनालाई बयानका लागि अदालतमा बोलाउँदा आलटाल गरेकोले पक्राउ गर्नु परेको अनुसन्धान अधिकृत चौधरीले बताए।

डिभिजन वन कार्यालयको नियन्त्रणमा रहेका वडाध्यक्ष वलीलाई जिल्ला अदालतमा पेस गरिने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जनकपुर उपमहानगरपालिका-१२ कुवारामपुर बजारबाट स्रोत नखुलेको नगद १९ लाख रूपैयाँसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी चाना हरलाखी ग्राम पञ्चायत हरलाखी-८ बस्ने २६ वर्षीय बिष्णु देव यादव, धनुषा जनकपुर उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय रमेश साह, धनौजी गाउँपालिका-७ भररिया टोल बस्ने २० वर्षीय रवि पासवान रहेका छन् । जिल्ला प्रहरी ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आफूमाथि लागेको आरोपबारे सरकार र पार्टीबाट छानबिन गर्न माग गरेका छन् । कांग्रेस सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेमाथि कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन् । मन्त्री पाण्डेले भने केही मानिसले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताएका छन् ...
: भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याउन्मुख सहकारीको अध्ययन गर्ने भएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले समस्याउन्मुख सहकारीको अध्ययनका लागि सातवटा कार्यटोली बनाएर विभिन्न स्थानमा पठाउने तयारी भएको बताए । सहकारी ऐनलाइ संशोधन र सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिवको अध्यक्षतामा समिति ...
। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकिकृतरुपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । अजरबैजानको बाकुमा सोमबारदेखि सुरू भएको कोप २९ सम्मेलनका क्रममा बुधवार किर्गिस्तानद्वारा बुधबार आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । ‘जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताएका छन्। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो धारणा राखेका हुन् ‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य र पहिलो पार्टी ...