मुख्य समाचार
सुर्खेतको चर्चिच धार्मिक शक्तिपीठ देउती बज्यै मन्दिर परिसरमा पुजारी मृत भेटिए
सुर्खेतको चर्चिच धार्मिक शक्तिपीठ देउती बज्यै मन्दिर परिसरमा पुजारी मृत भेटिए

— सुर्खेतको चर्चिच धार्मिक शक्तिपीठ देउती बज्यै मन्दिर परिसरमा पुजारी मृत भेटिएकी छिन् । बुधबार बिहान मुख्य मन्दिरको पूर्वी ढोकामा ५० वर्षकी सरस्वती राजी मृत अस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


कार्यालयका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार राजीको शव सलमा झुण्डिएको अवस्थामा भेटिएको छ । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको उनले बताए ।


अहिले प्रहरीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमको लागि प्रदेश अस्पताल पठाउने तयारी गरेको छ ।

मन्दिरको पूजापाठ बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले यसअघि काटेको बिल नै ठिक भएको जिकिर पुनः गरेका छन् । मन्त्रिपरिषद् बैठकले आइतबार टीओडी मिटरका आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउने निर्णय गरे पनि आफूहरूले पहिले काटेको बिल नै सही भएकाले नयाँ गणना नगर्ने उनले बताएका हुन् । ‘हामीले ...
: जनकपुर उपमहानगरपालिका-१२ कुवारामपुर बजारबाट स्रोत नखुलेको नगद १९ लाख रूपैयाँसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी चाना हरलाखी ग्राम पञ्चायत हरलाखी-८ बस्ने २६ वर्षीय बिष्णु देव यादव, धनुषा जनकपुर उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय रमेश साह, धनौजी गाउँपालिका-७ भररिया टोल बस्ने २० वर्षीय रवि पासवान रहेका छन् । जिल्ला प्रहरी ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आफूमाथि लागेको आरोपबारे सरकार र पार्टीबाट छानबिन गर्न माग गरेका छन् । कांग्रेस सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेमाथि कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन् । मन्त्री पाण्डेले भने केही मानिसले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताएका छन् ...
: भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याउन्मुख सहकारीको अध्ययन गर्ने भएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले समस्याउन्मुख सहकारीको अध्ययनका लागि सातवटा कार्यटोली बनाएर विभिन्न स्थानमा पठाउने तयारी भएको बताए । सहकारी ऐनलाइ संशोधन र सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिवको अध्यक्षतामा समिति ...
। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकिकृतरुपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । अजरबैजानको बाकुमा सोमबारदेखि सुरू भएको कोप २९ सम्मेलनका क्रममा बुधवार किर्गिस्तानद्वारा बुधबार आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । ‘जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका ...