मुख्य समाचार
चीनमा व्यायाम गर्नेको भीडमा कार जोतिँदा ३५ को मृत्यु, ४३ घाइते
चीनमा व्यायाम गर्नेको भीडमा कार जोतिँदा ३५ को मृत्यु, ४३ घाइते

— चीनको झुहाईस्थित एक रंगशालाबाहिर व्यायाम गरिरहेका मानिसहरूको भीडमा कार जोतिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । घटनामा ४३ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।


घाइतेमध्ये अधिकांश वृद्धवृद्धा, किशोर र बालबालिका रहेका चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । बीबीसीका अनुसार कार ६२ वर्षीय पुरुष चालक फानले चलाएका थिए । दुर्घटनालगत्तै भाग्न खोजेका चालकलाई स्थानीय प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले घटनालाई ‘गम्भीर र घातक आक्रमण’ भनेको छ ।


प्रारम्भिक अनुसन्धानमा फानले सम्बन्ध विच्छेदपछि सम्पत्ति प्रदान गर्नुपरेको असन्तुष्टिका कारण आक्रमण गराएको देखिएको प्रहरीले जनाएको छ । तर, फान अचेत अवस्थामा रहेका कारण उनसँग सोधपुछ गर्न नसकिएको प्रहरीको भनाइ छ ।

प्रत्यक्षदर्शीहरूले पोस्ट गरेका घटनाका धेरैजसो भिडियोहरू मंगलबार बिहान इन्टरनेट सेन्सरहरूले चिनियाँ सामाजिक सञ्जालबाट हटाइएका थिए । तर अनलाइनमा प्रसारित केही फुटेजमा धेरै मानिसहरूलाई भुइँमा सुताइएको र स्वास्थ्यकर्मी तथा वरपरका मानिसहरूले हेरिरहेको देखिन्छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले घटनाप्रति गहिरो चासो व्यक्त गर्दै घाइतेको उपचारका लागि हरसम्भव प्रयास गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । त्यसका साथै उनले दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताएका छन् । राष्ट्रपतिको निर्देशनपछि केन्द्रीय सरकारले घटनाबारे अनुसन्धान गर्न कार्यदल पठाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान’ (जीसीआरपीपीबी) ले दशकौँदेखि जेलमा राखिएका सबै भुटानी राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न भुटान सरकारलाई आग्रह गरेको छ । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा संगठनले भुटानमा अझै पनि थुनामा रहेका सबै राजबन्दीहरूको सुरक्षित र निसर्त रिहाइ सुनिश्चित गर्न दबाब बढाउन अन्तर्राष्ट्रिय समुदायलाई पनि अपिल गरेको ...
। भेनेजुएलाकी विपक्षी नेता मारिया कोरीना मचाडो नोबेल शान्ति पुरस्कार वितरण समारोहमा उपस्थित हुन सकिनन्। मारियाको सट्टामा उनकी छोरी एना कोरिना सोसाले नर्वेको ओस्लोमा यो पुरस्कार ग्रहण गरिन्। एनाले समारोहमा आफ्नी आमाले लेखेको भाषण पनि पढेर सुनाइन्। आफ्नो लिखित सन्देशमा मचाडोले लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्नका लागि सङ्घर्ष आवश्यक रहेको उल्लेख गरेकी छन् । उनले यो ...
— यूएईले संयुक्त राष्ट्र संघको २०२६ का लागि तयार पारिएको 'ग्लोबल ह्युमानिटेरियन ओभरभ्यू'लाई सहयोग गर्न ५५० मिलियन अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ। यो निर्णय यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनअनुसार गरिएको हो। यस आर्थिक सहयोगको प्रतिबद्धताले दीर्घकालीन मानवीय सेवाप्रति समर्पणलाई झल्काएको यूएईले जनाएको छ । यसले द्वन्द्व, प्राकृतिक प्रकोप तथा विभिन्न ...
— अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजीले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी निर्णयले बालबालिकाको बाल्यकाल सुनिश्चित गर्ने बताएका छन् । अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई सामाजिक सञ्जालमा पहुँच रोक्न कानूनको कार्यान्वयन बुधबारबाट सुरु भएको छ । जसअनुसार मेटा, टिकटक, युट्युबजस्ता कम्पनीहरूले लाखौँ खाता निष्क्रिय गरिसकेका छन् । प्रधानमन्त्री अल्बानिजीले सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय ...
— स्ट्रिमिङ प्लाटफर्म, नेटफ्लिक्सले वार्नर ब्रदर्स डिस्कभरीको प्रतिष्ठित फिल्म स्टुडियो र एचबीओ म्याक्ससमेत खरिद गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपत्ति जनाएका छन् । नेटफ्लिक्सले गएको शुक्रबार मात्रै ७२ अर्ब डलरमा वार्नर ब्रोज अधिग्रहण गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएको थियो । वासिङ्टन डीसीमा हालै आयोजित कार्यक्रममा ट्रम्पले नेटफ्लिक्सको बजार हिस्सा पहिले नै ठूलो रहेको र ...