मुख्य समाचार
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्र सुधारौं : अर्थमन्त्री
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्र सुधारौं : अर्थमन्त्री

। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका वाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्र सुधार्ने गरी काम गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वैदेशिक मुद्राको सञ्चिति, शोधनान्तर स्थिति, विप्रेषण, बैंकमा अधिक तरलता, न्यून ब्याजदर, मूल्यवृद्धि नियन्त्रण, गत वर्षको तुलनामा राजस्व वृद्धि, आर्थिक वृद्धि दर राम्रो हुने स्थिति भए पनि आयात, निर्यात, उत्पादन, माग, पूँजीगत खर्च, लगानी लगायतका पक्षमा समीक्षा गरेर अघि बढ्न निर्देशन दिए ।


राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले अर्थतन्त्रमा देखा परेका सकारात्मक सूचकहरूलाई विशेष ध्यान दिएर त्यसलाई अवसरका रूपमा सदुपयोग गर्न जरुरी रहेको बताए ।

उनले समस्याको स्थिति देखाएर मात्र नहुने उल्लेख गर्दै त्यसका कारण र निराकरणका उपाय पनि उत्तिकै आवश्यक रहेको बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ तरलता, कम ब्याजदर लगायतलाई अवसरका रूपमा लिई लगानी बढाउन सकिने धारणा व्यक्त गरे ।

उनले सार्वजनिक र निजी क्षेत्रमा थप काम हुने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गोरखाको आरुघाट गाउँपालिकाका २०० भन्दा बढी युवा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका, माला र खादा लगाएर औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका हुन्। पार्टी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार राजन गुरुङको संयोजनमा एकै पालिकाका २ सयभन्दा बढी युवालाई ...
: सिरहाको सदरमुकाममा सिरहा नगरपालिकामा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । स्थानीय प्रेमनाथ यादवको गोली प्रहारबाट हत्या भएको र घटनाबारे अनुसन्धान भईरहेको घटनास्थलबाट सिरहाका एसपी बासुदेव पाठकले जानकारी गराए । मृतक यादव सामान्य माटो पुर्ने व्यक्ति रहेको बुझिएको छ । स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनारमा आफ्नै ...
: आरुघाट गाउँपालिका-३ छेपारेखोलामा भएको मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु भएको छ। शनिबार आर्खेततर्फबाट सोतीतर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षका युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शनिबार साँझ अबेरसम्म पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ। मानवबस्तीविहीन सो ओरालो सडकमा एक युवा मोटरसाइकल दुर्घटनामा परेर लडिरहेको ...
: नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वच्छ,निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दावी गरेका छन्। पार्टीको रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले केहि शक्तिहरू निर्वाचनलाई गलत ढंगले प्रभावित पार्ने कोसिसमा रहेको भन्दै स्वच्छ,निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने ...
: शंकास्पद गतिविधिमा संलग्न कोरियाली मूलका अमेरिकी नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आगमन कक्षबाट उनी पक्राउ परेका हुन्। अध्यागमन कार्यालयले कोरियाली मूलका अमेरिकी नागरिक ली योङहो (YONGHO LEE)लाई पक्राउ गरेको हो। उनी लामो समयदेखि नेपाल आउजाउ गर्दै आएका थिए। नेपाल बसाईका क्रममा उनी शंकास्पद गतिविधि संलग्न थिए। सोहीअनुसार उनीमाथि नेपालको सुरक्षा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम