मुख्य समाचार
सिन्धुलीमा शिक्षकमाथि गोली प्रहार गरेको घटनामा संलग्नको आरोपमा प्रहरीले एक जनालाई पक्राउ
सिन्धुलीमा शिक्षकमाथि गोली प्रहार गरेको घटनामा संलग्नको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

। सिन्धुलीमा शिक्षकमाथि गोली प्रहार गरेको घटनामा संलग्नको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले सोमबार सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षका परमानन्द भन्ने विजनन्दन ठाकुरलाई पक्राउ गरेको हो ।

उनलाई ५ दिन हिरासतमा राख्न सिन्धुली जिल्ला अदालतबाट अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिलकुमार खड्काले बताए ।

गत आइतबार दिउँसो साढे २ बजे सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ मा मकवानपुरका शिक्षक प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार भएको थियो ।

गालामा गोली लागेका बोम्जनको हाल काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा तीन जनाको संलग्नता रहेको शिक्षकको सूचनाका आधारमा प्रहरीले खोजी गर्दा ठाकुरलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको प्राथमिकता राजनीतिक स्थिरताको जगमा आर्थिक समृद्धि भएको बताएका छन् । झापाको दमकमा कांग्रेसले आइतबार आयोजना गरेको कार्यक्रममा सिंहले मुलुकमा आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्वको जग बसालिएको बताए । उपप्रधानमन्त्री सिंहले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि रक्षा गर्न सरकारले आर्थिक समृद्धिमा जोड दिएको बताए । उनले जनताको करबाट बनेका ठूला ...
— मानव तस्करीको गिरोहसँग मिली किर्ते परिचयपत्रसमेत बनाइदिएर तीन युवालाई आफूसँगै जापान पुर्‍याएका कोशी प्रदेशका तत्कालीन कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिने सरकारी वकिलको कार्यालयको निर्णय सर्वोच्च अदालतले सदर गरेको छ । अब उनीविरुद्ध मुद्दा चल्ने छैन । उक्त प्रकरणमा अधिकारीको पनि संलग्नताको अदालती परीक्षण हुनुपर्ने तथ्य सरकारी वकिलबाट अस्वीकार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही मंसिर १५ ...
— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको कम्पनीले नेपाल स्काउटको जग्गा सम्झौताभन्दा बढी भोगचलन गरेर भाडा नतिरेको विषय प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उठेको छ । जग्गा भाडा उठाउन सहयोग माग्दै स्काउटले १० महिनाअघि समितिमा दिएको निवेदन छलफलमा नल्याइएकामा आइतबार सांसदले प्रश्न उठाएका हुन् । खड्का सञ्चालक रहेको ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ ले स्काउटको लैनचौरस्थित ३ रोपनी ...
— गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आवश्यक स्रोतसाधनको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । सुर्खेतस्थित नेपाल प्रहरी विशेष सुरक्षा गण गुमी बेस क्याम्प गुर्भाकोट सुर्खेतको अनुगमन गर्दै आइतबार लेखकले प्रहरीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनमा सरकार गम्भीर रूपले लागिरहेको बताएका हुन् । विधिको शासन सुनिश्चित गर्नका लागि नेपाल प्रहरीको विषेश भूमिका रहेको उनले बताए । सोमबार हुने ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बद्‍नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइएको बताएका छन् । झापाको बिर्तामोडमा एमालेले सोमबार आयोजना गरेको कार्यक्रममा ओलीले आफूविरुद्ध भ्रम फैलाइएको बताएका हुन् । विगत चार-पाँच वर्षदेखि आफूविरुद्ध कम्बोडियामा पैसा राखेको भनेर भ्रम फैलाउन थालिएको उनले बताए । नक्कली कागजात बनाएर आफूविरुद्ध भ्रम फैलाइएको पनि उनको भनाइ थियो । ‘४-५ वर्षअगाडिदेखि ...