मुख्य समाचार
कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाअध्यक्ष उम्मेदवार घोषणा
कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाअध्यक्ष उम्मेदवार घोषणा

: नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाअध्यक्ष उम्मेदवार घोषणा गरेको छ।



बुधबार बिहान पार्टी अध्यक्ष पु्ष्पकमल दाहाल 'प्रचण्ड'को उपस्थितिमा मेयरका लागि प्राध्यापक शिवशरण महर्जनलाई अघि सारेको हो। मेयर राजकुमार नकर्मीको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। नेपाली कांग्रेसका नकर्मीले ९ हजार ४३ मत ल्याएर निर्वाचित भएका थिए।

यसैगरी माओवादी केन्द्रले वडा नम्बर १ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षका लागि ईञ्जिनियर नारायण बिष्टलाई अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको प्राथमिकता राजनीतिक स्थिरताको जगमा आर्थिक समृद्धि भएको बताएका छन् । झापाको दमकमा कांग्रेसले आइतबार आयोजना गरेको कार्यक्रममा सिंहले मुलुकमा आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्वको जग बसालिएको बताए । उपप्रधानमन्त्री सिंहले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि रक्षा गर्न सरकारले आर्थिक समृद्धिमा जोड दिएको बताए । उनले जनताको करबाट बनेका ठूला ...
— मानव तस्करीको गिरोहसँग मिली किर्ते परिचयपत्रसमेत बनाइदिएर तीन युवालाई आफूसँगै जापान पुर्‍याएका कोशी प्रदेशका तत्कालीन कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिने सरकारी वकिलको कार्यालयको निर्णय सर्वोच्च अदालतले सदर गरेको छ । अब उनीविरुद्ध मुद्दा चल्ने छैन । उक्त प्रकरणमा अधिकारीको पनि संलग्नताको अदालती परीक्षण हुनुपर्ने तथ्य सरकारी वकिलबाट अस्वीकार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही मंसिर १५ ...
— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको कम्पनीले नेपाल स्काउटको जग्गा सम्झौताभन्दा बढी भोगचलन गरेर भाडा नतिरेको विषय प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उठेको छ । जग्गा भाडा उठाउन सहयोग माग्दै स्काउटले १० महिनाअघि समितिमा दिएको निवेदन छलफलमा नल्याइएकामा आइतबार सांसदले प्रश्न उठाएका हुन् । खड्का सञ्चालक रहेको ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ ले स्काउटको लैनचौरस्थित ३ रोपनी ...
— गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आवश्यक स्रोतसाधनको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । सुर्खेतस्थित नेपाल प्रहरी विशेष सुरक्षा गण गुमी बेस क्याम्प गुर्भाकोट सुर्खेतको अनुगमन गर्दै आइतबार लेखकले प्रहरीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनमा सरकार गम्भीर रूपले लागिरहेको बताएका हुन् । विधिको शासन सुनिश्चित गर्नका लागि नेपाल प्रहरीको विषेश भूमिका रहेको उनले बताए । सोमबार हुने ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बद्‍नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइएको बताएका छन् । झापाको बिर्तामोडमा एमालेले सोमबार आयोजना गरेको कार्यक्रममा ओलीले आफूविरुद्ध भ्रम फैलाइएको बताएका हुन् । विगत चार-पाँच वर्षदेखि आफूविरुद्ध कम्बोडियामा पैसा राखेको भनेर भ्रम फैलाउन थालिएको उनले बताए । नक्कली कागजात बनाएर आफूविरुद्ध भ्रम फैलाइएको पनि उनको भनाइ थियो । ‘४-५ वर्षअगाडिदेखि ...