मुख्य समाचार
अल्पविकसित देशहरुले भने– जलवायु संकटसँग जुध्न धनी देशले सहयोग गर्नुपर्छ
अल्पविकसित देशहरुले भने– जलवायु संकटसँग जुध्न धनी देशले सहयोग गर्नुपर्छ

। अल्पविकसित देशहरुको समूह (एलडीसी) ले जलवायु परिवर्तनको संकटसँग जुध्न धनी राष्ट्रहरुले थप वित्तीय सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ ।

विशेषगरी हानि नोक्सानी कोष (लस एण्ड ड्यामेज फण्ड) मा पर्याप्त वित्तीय प्रतिबद्धता आवश्यक रहेको एलडीसीको जोड छ ।


अजरबैजानको राजधानी बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप २९)को सन्दर्भमा अल्पविकसित देशहरुको तर्फबाट अध्यक्ष इभान्स जेवाले विज्ञप्ति जारी गर्दैै जलवायु वित्त र हानि नोक्सानी कोषमा पर्याप्त पुँजीको आवश्यकतामा जोड दिएका हुनु ।

विज्ञप्तिमा जलवायु परिवर्तनमा अल्पविकसित देशहरुको नगन्य योगदान भए त्यसबाट सिर्जित विपद्बाट बढी क्षति व्यहोर्नुपरेको प्रसंग उल्लेख छ । त्यसैले कोप २९ सम्मेलनबाट वित्तीय सहयोग र क्षतिपूर्ति सम्बन्धमा थप प्रगति हुने अपेक्षा अल्पविकसित देशहरुको छ ।


बाकु सम्मेलनले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित समुदायलाई वित्तीय सहयोग उपलब्ध गराउन विशेष पहल गर्ने अपेक्षा छ, जसबाट तिनीहरुको अनुकूलन, पूर्वसूचना प्रणाली एवम् राहत तथा पुनर्निर्माणमा सहयोग पुग्ने छ ।

त्यसैले एलडीसीज्का अध्यक्ष इभान्स जेवाले भनेका छन्, ‘नयाँ जलवायु वित्तीय लक्ष्यमा थप प्रगति हुनेछ, तर हालसम्म प्राप्त सहयोग र आवश्यकता बीच ठूलो खाडल छ । यो नयाँ लक्ष्यले जलवायु परिवर्तनको सामना गर्न, त्यसको प्रभावहरू अनुकूलन गर्न, र क्षतिपूर्तिको आवश्यकतालाई पूरा गर्नुपर्दछ ।’

अल्पविकसित देशहरुको समूहले विशेष गरी धनी राष्ट्रहरूलाई थप जिम्मेवार बन्न र जलवायु परिवर्तनको नकारात्मक प्रभावको सामना गर्न थप वित्तीय सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । उसले हानिनोक्सानी कोषमा पर्याप्त रकम जम्मा नभएसम्म त्यसको प्रभावकारी उपयोग हुन नसक्ने बताएको छ । साथै एलडीसीजका अध्यक्ष जेवाले सरल र छिटो भुक्तानी प्रक्रियामा पनि जोड दिएका छन् ।

जलवायु अनुकूलनका योजनामा लगानी गर्न र हानिनोक्सानी कोष मार्फत् वित्तीय सहयोग जुटाउन सम्मेलनले पहल गर्ने लक्ष्य राखेकाले कोप २९ लाई फाइनान्स कोप पनि भनिएको छ । सम्मेलनमा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’का विषयलाई सबैभन्दा प्राथमिक सूचीमा राखिएको छ ।

यसैबीच कोप २९ लाई मंगलबार सम्बोधन गर्दै नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् ।

उनले जलवायु जोखिममा परेका विकासशील राष्ट्रलाई दिने गरी स्थापना भएको हानिनोक्सानी कोषलाई छिटो सञ्चालनमा ल्याउन अनुरोध समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
मधेश प्रदेश : बजेटमा देखिएको अवरोध हटाउन १४ सदस्यीय कार्यदल गठन
: पूर्वराष्ट्रपति विद्या भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक बिचार भएकाले यसको गहन अध्ययन र अनुसन्धान हुन जरुरी रहेको बताएकी छन्। मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले जबजको बिचार नेपालका साथै अन्तराष्ट्रियस्तरमा समेत तुलनात्मक रुपमा अध्ययन हुनुपर्ने बताएकी हुन्। उनले समाज रुपान्तरणका लागि बिचार सबैभन्दा महत्त्वपूर्ण कुरा भएको धारणा ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन चुनावसम्मै जाने बताएका छन्। झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा धनीपुर्जा वितरण गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँगको गठबन्धन २०८४ को चुनावसम्म जारी रहने बताएका हुन्। उनले आफ्नो नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन्। उनले भने, ‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरू कराऊन्। सरकारको एक वर्ष ...
: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको विश्वास जित्ने आधार निर्माणका लागि राजनीतिक दलहरूले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने बताएका छन्। शनिबार भक्तपुरमा सोमप्रसाद मिश्रद्वारा लिखित शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन पुस्तक विमोचन गर्दै सभामुख घिमिरेले संसदीय प्रणालीमा राजनीतिक दलहरूले जनताको विश्वास जितेर पुन सदनमा आउनका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका हुन्। नीति निर्माण गर्ने ठाउँलाई ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शय्याको आज उद्घाटन गरेका छन्। सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गरेका छन्। साथै बृहत् खानेपानी आयोजनाको शिलान्यास गरे। सो पालिकाका एक सय ७६ अव्यवस्थित बसोवासीलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहेको उल्लेख ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम