मुख्य समाचार
भारत सेनाका सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने
भारत सेनाका सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने

: भारत सेनाका सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन्। आगामी मङ्सिर ५ गते पाँच दिने नेपाल भ्रमणमा आउने लागेको रक्षामन्त्रालयले जनाएको छ। सोही अवसरमा सेनाअध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिने भएको छ। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले मङ्सिर ६ गते उनलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिने मन्त्रालयले जनाएको छ।



प्रधानसेनापति अशोक सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी नेपाल भ्रमणमा आउन लागेका हुन्। नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ ।

सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नेछन्। नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारतको निरीक्षण गर्नेछन् । उनले कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीसँग अन्तक्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने कार्यसूची छ । भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले पुशपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुकासाथै पोखरा तथा सगरमाथा क्षेत्रको समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।



यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए। यसअघिका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी थिइन्।

सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेद्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान’ (जीसीआरपीपीबी) ले दशकौँदेखि जेलमा राखिएका सबै भुटानी राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न भुटान सरकारलाई आग्रह गरेको छ । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा संगठनले भुटानमा अझै पनि थुनामा रहेका सबै राजबन्दीहरूको सुरक्षित र निसर्त रिहाइ सुनिश्चित गर्न दबाब बढाउन अन्तर्राष्ट्रिय समुदायलाई पनि अपिल गरेको ...
। भेनेजुएलाकी विपक्षी नेता मारिया कोरीना मचाडो नोबेल शान्ति पुरस्कार वितरण समारोहमा उपस्थित हुन सकिनन्। मारियाको सट्टामा उनकी छोरी एना कोरिना सोसाले नर्वेको ओस्लोमा यो पुरस्कार ग्रहण गरिन्। एनाले समारोहमा आफ्नी आमाले लेखेको भाषण पनि पढेर सुनाइन्। आफ्नो लिखित सन्देशमा मचाडोले लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्नका लागि सङ्घर्ष आवश्यक रहेको उल्लेख गरेकी छन् । उनले यो ...
— यूएईले संयुक्त राष्ट्र संघको २०२६ का लागि तयार पारिएको 'ग्लोबल ह्युमानिटेरियन ओभरभ्यू'लाई सहयोग गर्न ५५० मिलियन अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ। यो निर्णय यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनअनुसार गरिएको हो। यस आर्थिक सहयोगको प्रतिबद्धताले दीर्घकालीन मानवीय सेवाप्रति समर्पणलाई झल्काएको यूएईले जनाएको छ । यसले द्वन्द्व, प्राकृतिक प्रकोप तथा विभिन्न ...
— अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजीले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी निर्णयले बालबालिकाको बाल्यकाल सुनिश्चित गर्ने बताएका छन् । अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई सामाजिक सञ्जालमा पहुँच रोक्न कानूनको कार्यान्वयन बुधबारबाट सुरु भएको छ । जसअनुसार मेटा, टिकटक, युट्युबजस्ता कम्पनीहरूले लाखौँ खाता निष्क्रिय गरिसकेका छन् । प्रधानमन्त्री अल्बानिजीले सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय ...
— स्ट्रिमिङ प्लाटफर्म, नेटफ्लिक्सले वार्नर ब्रदर्स डिस्कभरीको प्रतिष्ठित फिल्म स्टुडियो र एचबीओ म्याक्ससमेत खरिद गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपत्ति जनाएका छन् । नेटफ्लिक्सले गएको शुक्रबार मात्रै ७२ अर्ब डलरमा वार्नर ब्रोज अधिग्रहण गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएको थियो । वासिङ्टन डीसीमा हालै आयोजित कार्यक्रममा ट्रम्पले नेटफ्लिक्सको बजार हिस्सा पहिले नै ठूलो रहेको र ...