मुख्य समाचार
यसपटक कीर्तिपुरमा नयाँ इतिहास रच्न सकिन्छ : प्रचण्ड
यसपटक कीर्तिपुरमा नयाँ इतिहास रच्न सकिन्छ : प्रचण्ड

। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरको जनमत आफ्नो पार्टीको पक्षमा भएको जिकिर गरेका छन् । यसपटक कीर्तिपुरमा नयाँ इतिहास रच्ने उनको भनाइ छ ।

मेयर र वडाका उम्मेदवारहरुको घोषणासभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो धारणा राखेका हुन् । उम्मेदवारको कारण र पार्टी पनि एकढिक्का भएकाले विजयको आधार बनेको बताउँदै प्रचण्डले भने, ‘अन्य राजनीतिक दलसँग पनि मेरो लगातार कुरा भइरहेको छ । त्यसकारण यसपटक कीर्तिपुरमा नयाँ इतिहास रच्न सकिन्छ ।’

माओवादी केन्द्रले कीर्तिपुरको मेयर उम्मेदवारमा प्रा.डा. शिवशरण महर्जनलाई अघि सारेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न आत्मसमीक्षा सहित जनताको घरघरमा, टोलटोलमा र व्यक्तिव्यक्तिलाई भेटेर भोट माग्न निर्देशन दिए ।


जनताका घरघरमा पुगेर भेटेर उनीहरुका कुरा सुन्ने र आफ्ना प्रतिबद्धता सुनाउने काम गर्नुपर्ने प्रचण्डको भनाइ छ । ‘ठूला सभा र समारोह गरेर भोट नआउने बताउँदै प्रचण्डले भने, ‘घरघरमा जानुस् टोलटोलमा जानुस् र आत्मसमीक्षासहित जानुस् ।’

अन्याय र अत्याचारको विरुद्ध विद्रोहको प्रतीकको रुपमा कीर्तिपुर स्थापित भएको भन्दै प्रचण्डले विकास र प्रगतिको अभियान कीर्तिपुरबाट सुरु गर्ने बताए । त्यसका लागि पार्टी हेडक्वाटरबाट कुनै कसर बाँकी नराख्ने आश्वासन प्रचण्डले दिए ।

कार्यक्रममा कीर्तिपुरको मेयर उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले कीर्तिपुरको विकास र जनताको सेवाका लागि सम्पूर्णरुपमा समर्पित हुने बताए ।

मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुरको मेयरका लागि नेकपा एमालेले डा. सुरेन्द्र मानन्धर र राप्रपाले ध्रुव महर्जनलाई अघि सारेका छन् । सफाइ अभियानकर्मी राजमान मानवले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको उम्मेदवार भने टुंगो लाग्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेको सचिवालय बैठकले सरकारले गरिरहेको काम पर्याप्त नभएको निष्कर्ष निकालेको छ । केन्द्रीय मुख्यालय च्यासलमा बसेको ४३औं सचिवालय बैठकले सरकारलाई अझ गति बढाउन सुझाव दिएको छ । ‘यति (अहिले गरिरहेको काम) पर्याप्त छैनन, सरकारले अझ बढी पुस गरोस् । अझ बढी कामलाई तीव्रता दिओस्,’ बैठकको निर्णय सुनाउँदै उमपहासचिव प्रदीपकुमार ज्ञवालीले भने, ‘दुई वटा दल ...
। तनहुँ आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । मर्स्याङ्‍दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मंगलबार विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित उक्त सबस्टेसन सञ्चालनमा आएको हो । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौ ...
। नेकपा एमालेबाट कारबाहिमा परेका नेता डा. भीम रावलले मनाङमा पार्टीका उम्मेदवारलाई फिर्ता गराएर दीपक मनाङे (राजीव गुरुङ) लाई अध्यक्ष केपी शर्मा ओलीले मन्त्री बनाएको आरोप लगाएका छन् । त्यसका लागि पार्टीका महासचिव शंकर पोखरेललाई खटाएको उनले बताएका छन् । पार्टीबाट निष्कासनमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै उनले प्रश्नैप्रश्न गरेका छन् । उनले आफूलाई पार्टीमा ...
। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदन नेकपा एमालेको सचिवालय बैठकमा प्रस्तुत भएको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले उक्त प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय लिएको उपमहासचिव प्रदीप पौडेलले जानकारी दिए । एमालेको केन्द्रीय कमिटी बैठक आगामी पुस २१ र २२ गतेका लागि तय भएको छ । उक्त बैठकका ...
। नेकपा माओवादी केन्द्रले संविधान संशोधनभन्दा संविधान कार्यान्वयन अहिलेको आवश्यकता भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समितिको बैठकमा सरकारले अघि बढाउने भनेको संविधान संशोधनको विषयमा छलफल भएको थियो । बैठकले संविधान संशोधन नै गर्ने हो भने जनतालाई अझ अधिकार सम्पन्न बनाउने गरी अघि बढ्नुपर्ने निश्कर्ष निकालेको छ । ‘सरकारले संविधान संशोधनको कुरा गरिरहेको ...