मुख्य समाचार
रवि लामिछानेलाई बुधबार करिब १० घन्टा बयान
रवि लामिछानेलाई बुधबार करिब १० घन्टा बयान

: पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुधबार करिब १० घन्टा बयान लिइएको छ। रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा लामिछानेसँग दोस्रो दिन १० घन्टा बयान लिइएको हो।



जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेलसहित न्यायाधिवक्ता र प्रहरी अधिकारीहरूले लामिछानेसँग ब्यान लिएका थिए। स्रोतका अनुसार सुप्रिम सहकारी, गोर्खा मिडिया नेटवर्क प्रालिलगायतसँग सम्बन्धित रहेर उनीहरूले लामिछानेसँग ५० भन्दा बढी प्रश्न सोधेका थिए। सबाल जवाफमा लामिछानेले आरोप अस्विकार गर्दै आएका छन्।

सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको थियो। लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेको सचिवालय बैठकले सरकारले गरिरहेको काम पर्याप्त नभएको निष्कर्ष निकालेको छ । केन्द्रीय मुख्यालय च्यासलमा बसेको ४३औं सचिवालय बैठकले सरकारलाई अझ गति बढाउन सुझाव दिएको छ । ‘यति (अहिले गरिरहेको काम) पर्याप्त छैनन, सरकारले अझ बढी पुस गरोस् । अझ बढी कामलाई तीव्रता दिओस्,’ बैठकको निर्णय सुनाउँदै उमपहासचिव प्रदीपकुमार ज्ञवालीले भने, ‘दुई वटा दल ...
। तनहुँ आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । मर्स्याङ्‍दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मंगलबार विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित उक्त सबस्टेसन सञ्चालनमा आएको हो । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौ ...
। नेकपा एमालेबाट कारबाहिमा परेका नेता डा. भीम रावलले मनाङमा पार्टीका उम्मेदवारलाई फिर्ता गराएर दीपक मनाङे (राजीव गुरुङ) लाई अध्यक्ष केपी शर्मा ओलीले मन्त्री बनाएको आरोप लगाएका छन् । त्यसका लागि पार्टीका महासचिव शंकर पोखरेललाई खटाएको उनले बताएका छन् । पार्टीबाट निष्कासनमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै उनले प्रश्नैप्रश्न गरेका छन् । उनले आफूलाई पार्टीमा ...
। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदन नेकपा एमालेको सचिवालय बैठकमा प्रस्तुत भएको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले उक्त प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय लिएको उपमहासचिव प्रदीप पौडेलले जानकारी दिए । एमालेको केन्द्रीय कमिटी बैठक आगामी पुस २१ र २२ गतेका लागि तय भएको छ । उक्त बैठकका ...
। नेकपा माओवादी केन्द्रले संविधान संशोधनभन्दा संविधान कार्यान्वयन अहिलेको आवश्यकता भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समितिको बैठकमा सरकारले अघि बढाउने भनेको संविधान संशोधनको विषयमा छलफल भएको थियो । बैठकले संविधान संशोधन नै गर्ने हो भने जनतालाई अझ अधिकार सम्पन्न बनाउने गरी अघि बढ्नुपर्ने निश्कर्ष निकालेको छ । ‘सरकारले संविधान संशोधनको कुरा गरिरहेको ...