। सुनसरीको एक कृषि फार्मका सञ्चालक ३०७ किलो गाँजासहित पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका–१७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषी फार्मका सञ्चालक मनिराज राईलाई गाँजासहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त फार्ममा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
फर्मबाट १० वटा प्लास्टिकको बोरामा लुकाएर राखेको ३०७ किलो गाँजा पनि प्रहरीले बरामद गरेको छ ।